जयनगर-जनकपुरमा आफ्नै रेल चलाउने सरकारको निर्णय, २ वटा रेल किन्ने

२९ मंसिर ७५, शनिबार

काठमाडौं,मंसिर २९

Advertisement

सरकारले जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा आफैले रेल किनेर गुडाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले नेपालले आफैं रेल किनेर गुडाउने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले भने,‘हामी डिसेम्बर १२ देखि नै रेल सञ्चालन गर्ने पक्षमा थियौं । हाम्रो सबै डकुमेन्टहरु मिलिसकेका थिए । तर, पछि सबलिजमा चलाउने होईन, नेपाल सरकारले आँफै किनेर रेलवे सञ्चालन गर्नेगरि हामीले दुई वटा रेल आँफै किन्ने भएका छौं ।’

Advertisement

उनले मन्त्रिपरिषदले आफ्नै रेल खरिद सम्बन्धी निर्णय समेत भैसकेको खुलासा गरे । ‘रेल किन्ने प्रक्रिया अन्तिम चरणमा पुगिसेकेको छ, बढिमा तीन महिनाको समय भारतीय पक्षले दिएको छ । मूल्य सूचि पनि आईसकेको छ र हामीले स्वीकृत समेत गरिसकेका छौं’, मन्त्री महासेठले भने । उनले आगामी अढाई महिनापछि आफ्नै लोगो भएको रेल जयनगर–जनकपुरमा खण्डमा गुड्ने घोषणा समेत गरे ।(विकास न्युज)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top