दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

१ पुस ७५, आइतबार

विराटनगर,पुष १
लायन्स क्बल अफ विराटनगर एकाडेमिक, यूनाइटेड र लियो क्लब अफ युनाइटेडको संयुक्त आयोजनामा दुई दिने क्षमता अभिवृद्धी सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ ।

Advertisement

विराटनगरमा भएको उक्त तालिममा महानगरपालिका क्षेत्रमा रहेको नगर बाल क्बल संजालमा २९ जना पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको थियो ।

बाल क्लबमा आवद्ध भएका बालवाकिाहरू क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको एकाडेमीको अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । तालिमको सहकार्य विराटनगर महानगरपालिकाले गरेको थियो ।

Advertisement

तालिमको सहजीकरण चिफ टेनिङ्ग पुल तथा लायन्स क्लब अफ विराटनगरको पूर्व अध्यक्ष विकास अधिकारी, सोनु दास, अनुपमा बास्तोला, रवि किरण, अभिषेक भट्टराई र अर्जुन श्रेष्ठले गरेका थिए ।

Advertisement

पूर्व डिस्ट्रिक गर्भनर एवान ३२५ का लायन लिलाकुमार ढुङ्गगेलको प्रमुख अतिथिमा भएको कार्यक्रममा विराटनगर महानगरपालिको बालबालिका तथा महिला सशक्तिकरण शाखाको प्रमुख डिल्ली धिमाल, लायन रोशन खड्का, लायन मोहन सुबेधी, लायन नविन अधिकारीको उपस्थिति थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top