×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

विराटनगर महानगरका डस्टविन प्रयोगविहीन, डस्विन खाली फोहोर बाहिर(भिडियो रिपोर्टसहित)

१ पुष २०७५

विराटनगर, पुस १
केही समयअघि विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा राखेका डस्टविनहरु अहिले प्रयोगविहीन बनेका छन् । सडकमा जथाभावी फ्याँकिने फोहोर कम गर्न महानगरपालिकाले बजारक्षेत्रमा राखेका डस्टविनहरु सडकमा हिँड्ने तथा स्थानीयले वास्ता नगरी जथाभावी दुरुपयोग गर्ने गरेका कारण फुटेर काम नलाग्ने अवस्थामा पुगेका हुन् ।

विराटनगर महानगरपालिकाले फोहोर ब्यबस्थापन तथा वातावरण सुधार परियोजना अन्तर्गत बजार क्षेत्रका सडकमा फाल्ने फोहोर कम गर्न प्रतिगोटा करिब १९०० रुपैँयाको लागतमा ३ लाख ८० हजारको २ सय डस्टबिन महानगरका विभिन्न क्षेत्रमा राखेको थियो ।

Advertisement
Advertisement

डस्टविन राख्ने कार्यको गएको असार २४ मा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका थिए । तर महानगरपालिकाले राखेका डस्टविनहरुको अहिले कुनैको बिर्को हराएका छन्, कति राखेको ठाउँमा छैनन्, कुनै ठाउँमा दुई वटा राखिएका छन् भने बजार क्षेत्रमा राखिएका डस्टविनहरु सडकमा तथा फुटपाथमा ढलिराखेका छन् ।

बजारक्षेत्रमा राखिएका ती डस्टविनहरुमा सडकमा फ्याँक्ने फाहोरहरु प्राय फ्याँकेको भटिँदैन । डस्टविन बाहिर फोहोर थुप्रिएको भेटिन्छ भने डस्विन खाली भेटिन्छन यस्तै केही डस्टविनमा स्थानीयले समेत घरबाट कुहिने तथा दुर्गन्धित हुने फोहोरहरु ल्याएर फ्याँक्ने गरेको पाईएको छ । सडकमा हिँड्ने व्यक्तिहरुले डस्टविनमा फोहोर नफ्याँकेर बाटोमा फ्याँक्ने तथा कसैले वास्ता नगरी डस्टविन सडकमा ढालेर हिँड्ने गरेको नगरबासीहरु बताउँछन् ।

विराटनगर–५ का महेन्द्र रामले सडकमा हिड्ने व्यक्तिहरुले फोहर डस्टविनमा नफ्याल्ने गरेको र सडकमै जथाभावी फ्ल्ने गरेकाले नगरका विभिन्न स्थानमा डस्टविन राख्नुको अर्थ नरहेको बताए । उनले भने ‘ बाटोमा हिड्ने मान्छेहरुत परै जावस आसपासका स्थानीय व्यपारी र नगरवासीले पनि फोहर डस्टविनमा फ्याल्दैनन् । कसैले फोहर फ्यालीहालेपनी डस्टविनको विर्को भईँै राखिदिन्छन् । त्यति मात्र कहाँ हो र बजारमा प्लाष्टिक टिपेर हिड्नेहरुले डस्टविननै बोकेर लान्छन र विक्रि गरिदिन्छन् ।’\

त्यस्तै मोरङ कटहरीका ट्याक्सी चालक गंगाराम विश्वकर्माले पनि स्थानीय नगरवासीहरुले डस्टविन सदुपयोग गर्नुको साटो दुरुपयोग गर्ने गरेको बताए । उनले आफु सडकमा दिनहुँ सिटि रिक्सा चलाएर हिँड्दा महानगरका विभिन्न भागमा राखिएका डस्टविनहरु सडकमै जताततै लडिरहेको भेटिने गरेको बताए ।

उनले डस्टविन सदुपयोगका लागि विराटनगर महानगरपालिकाले योजना बनाउनुपर्ने सुझाब दिएका छन् । उनले भने ‘ कसैले पनि डस्टविनमा फोहर फ्याँकेको देख्दिन । विराटनगरका विभिन्न ठाउँमा राखिएका डस्टविनहरु जतततै ढली राखेको देख्छु । यदि सदुपयोग नै नहुने हो भने किन पैसा खर्च गर्नु ? बरु डस्टविन सदुपयोग गर्ने महानगरले कुनै योजना ल्याए राम्रो ।’

नगरको सरसफाईका लागि राखिएका ती डस्टविनहरुमा कसैले वास्ता नगर्दा डस्टविनहरु प्रयोगविहीन बनेका छन् । डस्टविन राखेपछि पनि सरसफाईमा कुनै परिर्वतन देखिएको छैन ।

डस्टविनको प्रयोग नभई थप दुरुपयोग भएका विषयमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने स्थानीय बजारका पसलेहरुलाई समिति बनाएर उनीहरुलाई नै त्यसको जिम्मा दिने बताए ।

मेयर पराजुलीले भने ‘ डस्टविनको सदुपयोगका लागि हामीले के गरेका छौँ भने स्थानीयहरुलाई समेटेर समिति बनाईदिएर अगाडी बढ्ने सोचमा छौँ । जहाँ जहाँ डस्टविनहरु राखिएको छ त्यहीँका स्थानीयलाई समेटेर डस्टविनको जिम्मेवारी दिने र वडा कार्यालयहरुबाट अनुगमन गराउने हाम्रो सोच छ यो सकभर चाँडै सुरु गर्छौँ ।’

Advertisement

महानगरलाई सफासुग्घर बनाई सुन्दरबनाउनका लागि राखिएका डस्टविनहरुको दुरुपयोग भईरहँदा यस महानगरले गरेको लगानी बालुवामा पानी हाले सरह भएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top