बिराटनगर, पुस १२
जोगवनी किमाथांका सडकको एक टोलीले अध्यन गरेर पर्किएको छ । उद्योग संगठन मोरंङका अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा गएको टोलिले जोगवनी किमाथांका सडक तथा अरुण जलविद्युत परियोजना निर्माणको स्थलगत अवलोकन गरेर फर्किएको हो ।
संगठनका अध्यक्ष उपाध्यायको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले स्थलगत अवलोकनको क्रममा अरुण तेश्रो जलविद्युत परियोजना निर्माणको जिम्मा पाएको भारतीय सरकारी कम्पनी सतलजका परियोजना प्रमुखसंग परियोजना निर्माण तथा हाल सम्म भएका प्रगतिका विषयमा छलफल भएको थियो । छलफलमा अवको ५ वर्ष भित्र परियोजना निर्माण कार्यलाई सम्पन्न गर्न द्रुत गतिमा काम भईरहेको र त्यसका लागि परियोजनाले उच्च बाँध निर्माणका लागि ठेक्का लगाई सकेको डेम निर्माण स्थलसम्म पुग्न सडकको ट्रयाक खोल्ने काम भईरहेको पाइएको छ ।
त्यसै क्रममा मकालु गाउँपालिकाका अध्यक्ष खडग वहादुर कटुवालसंग स्थानीय निकायले परियोजनालाई तोकिएको समयमा काम सम्पन्न गर्न पुर्याउनु पर्ने सहयोगका सम्वन्धमा छलफल गरि परियोजनालाई समय मै सम्पन्न गर्न स्थानीय तहबाट सहयोग पुर्याउन संगठनका अध्यक्ष मुकेश उपाध्यायले आग्रह गरेका थिए ।
विराटनगर–किमाथांका सडक निर्माणको स्थलगत अवलोकनको क्रममा खाँदवारी देखि किमाथांका सम्मको १६२ कि.मि मा खाँदवारी देखि करिब ८० कि.मि र किमाथांका देखि १४ कि.मि. सम्मको ट्रयाक खोलिसकिएको सडक निर्माण कम्पनीका परियोजना व्यवस्थापकले जानकारी दिए ।
त्यसैगरि वांकी रहेको ६८ कि. मि. को ट्रयाक खोल्ने कामलाई छिटो सम्पन्न गर्न ट्रयाक खोल्न सिमांकन गरिएको भागबाट खण्ड खण्डमा ट्रयाक खोल्ने काम भईरहेको उनले बताए ।
स्थलगत अवलोकनमा संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, संखुवासभा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष डेगराज वस्नेत लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।