करणी गरेको आरोपमा युवक पक्राउ

करणी गरेको आरोपमा युवक पक्राउ

तेह्रथुम, पुस ३
तेह्रथुमको आठराई गाउँपालिका–४ बाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने २६ वर्षीय को डोलेश्वर लिम्बु पक्राउ परेका हुन् ।

लिम्बुले बालिकालाई ललाई फकाई गत मंसिर २६ गते जवरजस्ती करणी गरेको भनि पिडीत बालिकाको आमाले दिएको उजुरी आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

पक्राउ परेका लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.