उपत्यकाका १८ वटा अस्पताल कारवाहीको सूचीमा

काठमाडौं : अत्याधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने महँंगा र सुविधासम्पन्न कतिपय अस्पतालले अस्पतालजन्य फोहोर जथाभावी फालेपछि सरकारले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको छ।

Advertisement

राजधानीका सुविधासम्पन्न तथा चिकित्सा क्षेत्रमा आफूलाई ‘फाइभ स्टार’ सुविधा प्रदान गर्ने भनिएका नर्भिक, ओम, नोबेल, ग्रिन सिटी, मेडिकेयरलगायतका अस्पतालले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने विधि र संरचना नबनाएको भन्दै वातावरण विभागले कारवाही गर्ने तयारी गरेको हो।

अस्पतालजन्य फोहोरलाई सोझै नगरपालिकाको फोहोर उठाउने गाडीमा फाल्ने, सडकका छेउछाउमा जम्मा पारेर खुला छाड्ने, सङ्क्रमित पानीलाई सोझै ढलमा मिसाउने गरिएको पाइएकाले उपत्यकाका १८ वटा अस्पताल कारवाहीको सूचीमा रहेको जनाइएको छ।

Advertisement

विभागका अनुसार अस्तापल सञ्चालन गरेको वर्षौं भएपनि हालसम्म वातावरण संरक्षण ऐनले निर्धारण गरेको वातावरणीय प्रभाव मूल्याङ्कन समेत नगरेका ती अस्पताललाई वातावरण ऐन अनुसार कारवाहीका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरेर पठाइएको वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले बताएको खबर छ।

उनले नर्भिक इन्टरनेशनल अस्पतालको नाम लिँदै त्यस्तोे ख्याति प्राप्त अस्पतालले समेत आफ्नो सङ्क्रमित फोहोर सोझै महानगरपालिकाको गाडीमा फाल्ने गरेको, यस्तो सङ्क्रमित फोहोरले गाडी र पुरै ल्याण्डफिल साइट नै सङ्क्रमित हुने तथा महामारी फैलिन सक्ने सम्भावना औंल्याए।

Advertisement

महानिर्देशक अधिकारीका अनुसार ती अस्पतालले सङ्क्रमित पानीलाई पनि सोझै ढलमा मिसाएको पाइएको छ। ढल त टाढासम्म बग्छ, फेरि हाम्रो ढल पनि व्यवस्थित छैन, ढल फुट्ने समस्या निकै बढी भएकाले त्यो सङ्क्रमित पानीले समाजमा रोगको सङ्क्रमण फैलाउन पनि सक्छ।गोरखापत्र दैनिकमा खबर छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top