×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

यसरी उपयुक्तछ प्रदेश १ को राजधानी विराटनगर (फोटो फिचर सहित)

किशोर विश्वकर्मा
विराटनगर, पुष १३
प्रदेश १ को राजधानीका लागि उपयुक्त स्थानको खोजी गर्न सरकारले गठन गरेको कार्यदलले विराटनगर उपयुक्त रहेको निष्कर्ष निकालेको छ ।

कार्यदलले विराटनगरमा प्रयाप्त भौतिक संरचना रहेकोले प्रादेशिक राजधानीका लागि उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

Advertisement
Advertisement

कार्यदलले विराटनगरमा पूर्वमै सबै भन्दा वढी सुविधा सम्पन्न तयारी अवस्थाका सरकारी कार्यालयका १२ वटा भवना रहेको भन्दै सरकारलाई राजधानी विराटनगरमा राख्न उपयुक्त हुने सुझाव समेत दिएको छ ।

सरकारले प्रादेशिक राजधानीका लागि आवश्य भौतिक संरचनाको अध्ययन गरी सिफारिस गर्न शहरी विकास मन्त्रालयका कर्मचारी सम्मिलित एक कार्यदल निर्माण गरेको थियो ।

कार्यदलले पुर्वका धनकुटा,इटहरी,विराटनगर र झापाको दकममा पुगी त्यस स्थानमा भएका भौतिक संरचनाको अवस्था वारेमा अध्ययन गरेको थियो ।

जसमा सबै भन्दा बढी १२ वटा ठूला सरकारी भवन विराटनगरमा रहेको पाइएको हो । निर्वाचन सम्पन्न भएको २० दिन भित्र प्रदेशको पहिलो वैठक वस्ने पर्ने सवैधानिक व्यवस्था रहेको छ । तर, सरकारले अहिलेसम्म प्रदेश सभाको वैठक स्थल तोक्ने र अस्थायी राजधानी तोक्ने काम घोषण गर्न सकेको छैन ।
विराटनगरमा रहेका हालका सरकारी कार्यालयहरु र प्रस्तावीत कार्यालय
१. जिल्ला समन्वय समितिको कार्यालय
क्षमता : ९१ कोठा
प्रस्तावित : प्रदेशसभाको सचिवालय
सरकारले गठन गरेको कार्यदलले पनि सरकारलाइृ प्रदेशको राजधानी उपयुक्त भनेको र विराटनगर महानगरपालिकाले साबिकको जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश सभाको सचिवालय राख्न सकिने प्रस्ताव गरेको छ । सो कार्यालयमा भएका ६५ वटा कोठा र पर्याप्त पार्किङ क्षेत्र र सुन्दर उद्यानका कारण सो ठांउ प्रदेश सभाको सचिवालयकालागि उपयुक्त भएको प्रस्ताव गरिएको छ ।

२. क्षेत्रीय कृषि निर्देशनालय
क्षमता : ७२ कोठा
प्रस्तावित : मुख्य मन्त्रीको कार्यालय र आवास
मुख्य मन्त्रीको कार्यालय र निवासकालागि मलायारोडस्थित क्षेत्रीय कृषि निर्देशनालयलाई महानगरपालिकाले प्रस्ताव गरेको छ । सो सुबिधासम्पन्न कार्यालय परिसरमा ७२ वटा कोठाहरु रहेका छन ।


३. क्षेत्रीय पशु सेवा निर्देशनालय
क्षमता : ५० कोठा
प्रस्तावित : प्रदेश प्रमुखको कार्यालय र आवास
प्रदेश प्रमुखको कार्यायलकालागि प्रतिभाचोकस्थि क्षेत्रीय पशु सेवा निर्देशनालयलाई प्रस्ताव गरिएको छ । सो कार्यालय परिसरमा सुविधासम्पन्न ५० वटा कोठाहरु रहेका छन ।
४. क्षेत्रीय सिंचाई निर्देशनालय
क्षमता : ८० कोठा
प्रस्तावित : मुख्यसचिवको कार्यालय र आवास
क्षेत्रीय सिंचाई निर्देशनालय र कोशी प्रोजेक्ट परिसर भित्रको कार्यालयलाई मुख्य सचिवको कार्यालय र निवासकालागि प्रस्ताव गरिएको छ । यहां सुबिधा सम्पन्न ८० वटा कोठाहरु रहेका छन ।
५. क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय
क्षमता  : २४ कोठा
प्रस्तावित : मन्त्रालय र मन्त्री आवास
महानगरपालिकाले प्रतिभाचोकस्थित क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई मन्त्रालय र मन्त्री निवासकालागि उपयुक्त बताएको छ । सो ठांउमा २४ वटा कोठासहित पार्किङकालागि पर्याप्त ठांउ रहेकाले जुनसुकैपनि मन्त्रालय राख्दा उपयुक्त हुने जनाएको छ ।
६. जिल्ला जनस्वास्थ्य कार्यालय
क्षमता : २४ कोठा
प्रस्तावित : मन्त्रालय र मन्त्री आवास
देवकोटाचोकस्थित जिल्ला जनस्वास्थ्य कार्यालय बसेको भवनपनि मन्त्रालयकालागि उपयुक्त भएको महानगरपालिकाले जनाएको छ । सो ठांउमा सुबिधासम्पन्न २४ वटा कोठा र ब्यवस्थित सभाहल रहेको जनाइएको छ ।
७. जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय
क्षमता : ३१ वटा कोठा
प्रस्तावित : मन्त्रालय र मन्त्री आवास
शनिहाटचोकस्थित जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय मन्त्रालय र मन्त्री आवासकालागि उपयुक्त रहेको प्रस्ताव गरिएको छ । सो कार्यालयमा ३१ वटा कोठा र पार्किङकालागि पर्याप्त ठांउ रहेको जनाईएको छ ।
८. क्षेत्रीय वन र वन तालिम केन्द्र
क्षमता : ३५ वटा कोठा
प्रस्तावित : मन्त्रालय र मन्त्री आवास
पोखरियास्थित क्षेत्रीय बन र बन तालिम केन्द्रमा रहेको विभिन्न ३५ वटा कोठा सहित ब्यवस्थित सभाहल, पार्किङको पर्याप्तता र पर्याप्त खाली ठांउका कारण सा ठांउ समेत मन्त्रालयकालागि उपयुक्त भएको जनाइएको छ ।
९.अतिथि आवासगृह, क्षेत्रीय हुलाक निर्देशनालय
क्षमता : १० कोठा
प्रस्तावित : मन्त्रालय र मन्त्री आवास
शनिहाटचोकस्थित अतिथि आवास गृह र क्षेत्रीय हुलाक निर्देशनालय कार्यालयलाई एकै ठांउमा गाभेर त्यहां भएका विभिन्न १० वटा कोठालाइ उपयोग गर्दै कुनैपनि मन्त्रालय र निवास राख्न सकिने तर्क प्रस्तुत गरिएको छ ।
१०. वीरेन्द्र सभागृह
क्षमता : ७ सय व्यक्ति सहजै बस्न सक्ने
प्रस्तावित : प्रदेशसभा हल
वीरेन्द्र सभागृहलाई प्रदेश सभा हलकोरुपमा प्रयोग गर्न सकिने जनाईएको छ । सो ठांउमा ७ सय ब्यक्ति बस्नसक्ने गरिको सभाहल रहेको र परिसरभित्रै मनोरम फाउण्टेन पार्क रहेकाले सो ठांउलाई प्रदेश सभाहलकोरुपमा प्रयोग गर्न सकिने महानगरपालिकाले जनाएको छ ।


११. उद्योग विकास शाखा,मोरङ
क्षमता : १० कोठा
प्रस्तावित : मन्त्रालय र निवास
विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको उद्योग विकास शाखा कार्यालयको १० कोठा र सो कार्यालयको छेउमै निर्माणाधिन रहेको सुविधासम्पन्न भवनलाई मन्त्रालय र मन्त्री आवासकोरुपमा प्रयोग गर्नसकिने प्रस्ताव गरिएको छ ।

Advertisement

१२. सुनसरी–मोरङ सिंचाई आयोजना कार्यालय
क्षमता : ३० कोठा
प्रस्तावित : मन्त्रालय र निवास
कोशी प्रोजेक्टस्थित झण्डै १३ बिग्घा क्षेत्रफलमा फैलिएको सुनसरी–मोरङ सिंचाई आयोजनाको ३० कोठाको कार्यालय र पार्किङकालागि पर्याप्त स्थान रहेको परिसरलाई मन्त्रालय र मन्त्री आवासकालागि प्रयोग गर्नसकिने प्रस्ताव गरिएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top