विराटनगर,पुस ९
नेपालमा व्यवसायिक खेतीको प्रचलन बढेसंगै उत्पादन वृद्धि भएका कारण प्रदेश नं एकबाट चालु आर्थिक वर्षको पाँच महिनामा झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको गोलभेडा भारत निर्यात भएको छ ।
भारत गोलभेडा निर्यात हुनेक्रम देखिएपनि भारतबाट बार्षिक ३४ करोड ४७ लाख मुल्य बरावरको ३० लाख किलो ‘टोम्याटो पाउडर’ आयात भएको छ ।अहिले पनि भारत लगायत अन्य तेस्रो मुलुकबाट ठूलो परिमाणमा ‘टोम्याटो पेष्ट र टोम्याटो सस’को आयात भइरहेको छ ।
जसका कारण प्रदेश नं एकमा उत्पादित काँचो गोलभेडाले बजार पाउँन सकेको छैन ।कतिपय अबस्थामा भारतले नेपालमा उत्पादित गोलभेडा निर्यातमा विभिन्न बहानामा रोक लगाउने क्रम अझैपनि भईरहेको छ । भारत तर्फ गोलभेडा निर्यात हुन थालेपछि भदौ अन्तिमतिर निर्यातजन्य सूचिमा सूचिकृत नभएको भन्दै भारतले गोलभेडा रोक लगाएको थियो ।
प्रदेश सरकारको प्रयत्नबाट तत्कालकालागि गोलभेडा निकासी खुलेपनि दिर्घकालिन रुपमा भने समस्या समाधान भइसकेको छैन । नेपालमा उत्पादन भएको गोलभेडा पहिलो पटक मेची भन्सार भएर भारत निर्यात भएपनि उत्साहित हुनुपर्ने अवस्था भने छैन ।प्रदेश नं एकमा सस उत्पादनकालागि भनेर खोलिएका उद्योगहरु धेरै छन् ।
उनीहरुले ठूलो परिमाणमा गोलभेडाको पाउडर र तयारी सस् भारत, भुटान र अन्य तेस्रो मुलुकबाट आयात गर्ने गरेका छन । स्थानीय कृषि उत्पादनमा आधारित भनेर खोलिएका त्यस्ता उद्योगहरुले स्थानीय उत्पादन खरिद नगरेपछि किसानहरुले उचित बजार पाउन सकेका छैनन् ।
अचार र सस् उत्पादनमा नेपालमै नाम चलेको उद्योग रिजाल टाँसीका व्यवस्थापक खेलनारायण पराजुलीले मूल्य अन्तरका कारण भारतबाट गोलभेडाको पाउडर तथा अर्ध प्रशोधित सस् आयात गर्नुपरेको बताए । एउटा सस् बनाउने उद्योग रिजाल टासीले वार्षिक ७० हजार किलो टमाटरको सस बजारमा खपत गर्दै आएको छ ।
प्रदेश नं एक काँचो गोलभेडामा आत्मानिर्भर
काँचो गोलभेडा उत्पादन र उपभोगमा प्रदेश १ आत्मनिर्भर भए देखिएको छ ।कुल उत्पादनको ८९ सय प्रतिशत काँचो टमटर प्रदेश नं एकमा उत्पादन हुने देखिएको छ । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको तथ्याङ अनुसार नेपालमा कुल १० हजार ७७५ हेक्टर क्षेत्रमा काँचो गोलभेडा हुने गरेको छ । बार्षिक १ लाख ५५ हजार ८८ मेट्रिकटन काँचो गोलभेडा उत्पादन हुने गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं एकका वरिष्ठ कृषि बिकास अधिकृत बद्री दाहालका अनुसार प्रदेश नं एक काँचो गोलभेडा उत्पादनमा अन्य प्रदेश भन्दा अगाडी रहेको छ । प्रदेश नं एकमा मात्र ४ हजार ५ सय ५९ हेक्टरमा गोलभेडा खेती हुदै आएको छ ।जसमा कुल बार्षिक उत्पादन भने ९४ हजार ४६६ मेट्रिकटन उत्पादन रहेको छ ।
प्रदेश नं एकमा सबै भन्दा वढी धनकुटा जिल्लामा मात्र १३ सय ७५ हेक्टरमा लगाइएको गोलभेडा खेतीले बार्षिक ४७ हजार ७५० मेट्रिक टन गाmेभोडा उत्पादन हुन गरेको छ । मन्त्रालयका अनुसार प्रदेश नं एकको तराई,तथा भित्री मधेसका साथै मध्यवर्ती पहाड क्षेत्रमा गोलभेडाको खेती हुने गरेको छ । तरपनि गोलभेडाबाट सस बनाउने उद्योगहरुले अहिलेपनि अर्धप्रशोधित टोम्याटो डष्ट, पेष्ट र सस् नै आयात गरेर बजारमा बिक्री वितरण गरिरहेका छन् । यसले गर्दा किसानले उत्पादन गरेको गोलभेडाले बजार नपाएका कारण भारतमा निकासी गर्ने विकल्प तयार भएको हो ।
निर्यात भन्दा आयात बढी
मेची भन्सार भएर यो वर्षदेखि गोलभेडा भारत तर्फ निर्यात हुन थालेको छ । अघिल्लो आर्थिक वर्षमा १ हजार ४ सय किलो ग्राम गोलभेडा भारत निर्यात गरेको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ५ लाख ४ हजार किलोग्राम भारत निर्यात गरेको जनाएको छ । सोही भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा ६ करोड ४५ लाख रुपियाँ बराबरको १० लाख ३२ हजार किलो टोम्याटो पाउडर आयात भएको थियो ।
तयारी सस ४ हजार ५ सय किलो आयात भएको भन्सार कार्यालयका अधिकृत किरण अर्यालले जानकारी दिए । यस्तै विराटनगर भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा ४ करोड ७२ लाख रुपियाँ बराबरको ४ लाख ९८ हजार ३ सय २७ किलो टोम्याटो पाउडर आयात भएको थियो । अघिल्लो वर्ष विरगंज भन्सार नाकाबाट २३ करोड रुपियाँ बराबरको गोलभेडा पाउडर आयात भएको विरंगंज भन्सार कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको ध्यान आन्तरिक उद्योग स्थापना र उत्पादनमा जोड
प्रदेश सरकारले प्रदेश नं एकमा नै ठूलो परिणाममा काँचो गोलभेडा उत्पादन भएपनि उचित बजार नपाएपछि गोलभेडाको बजारीकरणको लागि आन्तरिक उद्योग स्थापना गर्ने योजना बनाएको छ । भारत तथा तेश्रो मुलुकबाट कार्षिक रुपमा ठ्ुलो परिणममा सस् तथा पाउडर विस्थापित गर्ने योजना सहित सस उद्योगहरुले आफ्नै कच्चा पदार्थ प्रयोग गर्ने वातावरण तयार पार्न सरकारले गृहकार्य शुरु गरेको हो ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले विदेशबाट आयात हुने सस्को परिमाण घटाउन आन्तरिक उद्योग स्थापना र उत्पादनमा जोड दिएर गोलभेडा नेपाली बजारमा नै खपत गर्ने तर्फ सरकारको ध्यान रहेको बताए । सस् तथा पाउडर उत्पादन गर्ने उद्योग स्थापना गर्न सके गोलभेडाको व्यवसायिक खेती प्रवद्र्धन गरी किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।