×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

४ चैत्र २०८२

४ चैत , काठमाण्डौ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ र सरकार गठनको प्रक्रिया अझै केही दिन लम्बिने भएको छ । नयाँ सांसदहरुले छिटोमा चैत १२ गते र प्रतिनिधिसभाको पहिलो बैठक १५ गते राख्ने गरी संसद सचिवालयले तयारी गरिरहेको छ। सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचनको परिणाम र सदस्यको विवरण बुझाएपछि सचिवालयले आफ्नो प्रक्रिया शुरू गर्ने भएको छ ।

Advertisement
Advertisement

निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्दैछ । सम्भवतः आयोगले संसद सचिवालयलाई बिहीबार नै नवनिर्वाचित सदस्यको नामावली दिनेछ । त्यसपछि सचिवालयले ती सदस्यका नाममा शपथमा उपस्थित हुनका निम्ति ७ दिने सूचना जारी गर्नेछ । त्यहीबीचमा शपथ समारोहमा उपस्थितिका निम्ति राष्ट्रपतिको समय माग गर्दै पत्राचार गरिने भएको छ ।

निर्वाचन आयोगले दिने नवनिर्वाचित सदस्यको विवरणअनुसार अर्को व्यवस्था नहुँदासम्मका लागि ज्येष्ठ सदस्यलाई सभामुख तोक्नुपर्ने कानूनी व्यवस्था छ । त्यसअनुसार राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई अन्य सदस्य भन्दा पहिल्यै शपथ गराउनुपर्छ । यी सबै प्रक्रिया सिध्याएर सबै सांसदको शपथ गराउँदा कम्तीमा १२ गते पुग्ने अनुमान गरिएको डा. पाण्डेले बताए ।

शपथ लगत्तै राजनीति दलहरूले आआफ्ना संसदीय दलका नेता चयन गर्छन् र त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका निम्ति आह्वान हुनेछ । यदि १२–१३ गते सरकार गठन भए १५ गते प्रतिनिधिसाभाको पहिलो बैठक आह्वान गर्ने संसद सचिवालयको तयारी छ । नयाँ सांसदको शपथ र संसद बैठक सिंहदरबारस्थित नयाँ संसद भवनमै हुने डा. पाण्डेले बताए ।

भवनको बाहिरी भागको निर्माण तीव्र गतिमा भइरहेको र भित्री भाग लगभग तयारी रहेको उनले जानकारी दिए । यता प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकार गठनको तयारीमा तीव्र रूपमा जुटेको छ । पार्टीले आफ्ना नवनिर्वाचित सांसदलाई दुईदिने विशेष प्रशिक्षण सञ्चालन गरिरहँदा, सरकारको नेतृत्वका लागि आन्तरिक रणनीति पनि समानान्तर रूपमा अघि बढाइएको छ ।

मंगलबार १२ घण्टे प्रशिक्षणमा सहभागी भएका सांसदहरू आज दोस्रो दिन थप सात घण्टे प्रशिक्षणमा सहभागी भइरहेका छन्। प्रशिक्षणमार्फत संसदीय अभ्यास, नीति प्राथमिकता र शासन सञ्चालनका आधारभूत विषयमा अभिमुखीकरण गरिँदैछ । यता, ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) भने प्रशिक्षणमा सहभागी नभई सरकार निर्माणका लागि आवश्यक टिम गठनमा केन्द्रित छन्

उनले सम्भावित मन्त्रिमण्डलको आकार, सदस्य छनोटका मापदण्ड र सरकारको प्रारम्भिक कार्यसूचीबारे छलफललाई तीव्र बनाएका छन् । रास्वपाले बालेनको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेसँगै संसदीय दलको नेता चयन र पार्टी विधान संशोधनको प्रक्रिया अघि बढाउने गृहकार्यसमेत सुरु गरेको छ । यसका लागि आवश्यक आन्तरिक सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्याल बीच भावी सरकारको संरचना, मन्त्री छनोटका मापदण्ड र सरकार गठनलगत्तै सुरु गरिने प्राथमिक कामबारे पटक–पटक छलफल भइरहेको छ । शीर्ष नेताहरूबीचको छलफल मुख्यतः सक्षम, स्वच्छ छवि भएका र परिणाममुखी काम गर्न सक्ने व्यक्तिलाई मन्त्रिमण्डलमा समावेश गर्नेमा केन्द्रित छ।

साथै, सरकार बनेलगत्तै सुशासन, सेवा प्रवाह सुधार र आर्थिक सक्रियता बढाउने योजनालाई प्राथमिकतामा राख्ने तयारी रास्वपाले गरेको छ । रास्वपाले प्रशिक्षण र आन्तरिक तयारीलाई सँगसँगै अघि बढाउँदै छिट्टै सरकार गठन गर्ने लक्ष्य राखेको देखिन्छ । यद्यपि पूर्ववत् अभ्यास र परम्परा तोड्दै रास्वपाले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको हो ।

शपथपछि मात्रै सरकार बनाउने रास्वपाको योजनापछि नयाँ सरकार गठन केही दिन पछाडि धकेलिएको छ । कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । तर, रास्वपाले पहिला संसद् सदस्यको शपथ लिएपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ ।

२१ फागुनको निर्वाचनपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । यद्यपि, यसको औपचारिक प्रक्रिया भने सुरु भइसकेको छैन । यसअघि १० चैतभित्र नयाँ सरकार बन्न सक्ने बताइएको थियो । तर, सांसदको शपथपछि निर्माण गर्ने रास्वपाको तयारीपछि कम्तीमा १३ चैतअगाडि प्रधानमन्त्री नियुक्त नहुने निश्चित भएको छ ।

निर्वाचन आयोगबाट प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नेछन् । राष्ट्रपतिसमक्ष पेस गरेको प्रतिवेदन संसद् सचिवालय पुग्नेछ । प्रतिवेदन प्राप्त गरेपछि सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथग्रहणको औपचारिक तयारी थाल्नेछ । संसद् सचिवालयले सरकार र प्रमुख दल (रास्वपा)सँग सांसदहरूको शपथका सम्बन्धमा छलफल गरिरहेको छ ।

कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सरकार गठन प्रक्रिया अगाडि बढ्छ । यद्यपि, सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । सरकार गठनमा शपथ प्रधान हुँदैन । तर, रास्वपाले प्रक्रियाअनुसार पहिला संसद् सदस्यको शपथ लिने र त्यसपछि सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ ।

संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । अर्थात् प्रधानमन्त्री नियुक्ति हुन सांसदको शपथ लिनुपर्ने उल्लेख छैन । धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ गराएपछि संसदीय दलको नेता चयन तथा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढ्ने स्पष्ट गरे । उनले संसद् सचिवालयसँग सल्लाह गरेर शपथ मिति र सरकार गठन प्रक्रिया अगाडि बढाइने बताए ।

‘संसद् सचिवालयले सांसदहरूलाई शपथ गराएपछि संसदीय दलको बैठक बस्छ । संसदीय दलको नेता चयन हुन्छ । त्यसैले शपथभन्दा अगाडि प्रधानमन्त्री नियुक्ति हुँदैन । शपथअगाडि जानैपर्ने अहिले विशेष परिस्थिति पनि छैन,’ उनले भने, ‘सामान्य परिस्थितिमा शपथपछाडि नै प्रधानमन्त्री हो । सामान्य परिस्थितिलाई नै अगाडि लैजान चाहन्छौँ । यस विषयमा सभापति र वरिष्ठ नेताको सल्लाह भएको छ ।’

महामन्त्री बुर्लाकोटीका अनुसार १२ चैतमा सांसदको शपथ भए १३ मा वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरिनेछ । त्यसको जानकारी राष्ट्रपतिलाई गराइनेछ । त्यसपछि राष्ट्रपतिले सोही दिन वा भोलिपल्ट १४ चैतमा प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । यो हिसाबले हेर्दा देशले १५ चैतभित्र नयाँ सरकार पाउन सक्ने रास्वपाका नेताहरू बताउँछन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top