थोत्रा ग्यांस सिलिण्डरका कारण दुर्घटना बढेको भन्दै न्युनीकरण गर्ने उपाय अबलम्बन गर्न माग

११ पुस ७५, बिहीबार

विराटनगर, पुस ११
थोत्रा ग्यांस सिलिण्डरका कारण आगलागी र ज्यानै जानेगरिका दुर्घटना बढेको भन्दै त्यसलाई न्युनिकरण गर्ने उपाय अवलम्बन गर्न सरोकारवालाले स्थानीय प्रशासन समक्ष माग गरेका छन ।

एल.पि.ग्यास विक्रेता संघ मोरङले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष विकास लालवानीले मोरङका साहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई ज्ञापनपत्र हस्तान्तरण गरे ।

प्रशासनलाई बुझाइएको ज्ञापनपत्रमा उद्योगहरुले बजारमा पठाउने गरेको थोत्रा सिलिण्डरका कारण दुर्घटनाहरु बढेकोले त्यस्तो प्रबृति रोक्न प्रशासनले सम्बधित निकायलाई निर्देशन दिन माग गरिएको छ ।

Advertisement

यस्तै विक्री पछिपनि सेवा दिनुपर्ने भएपनि ग्यांस उद्योगहरुले त्यस्तो नगर्ने गरेको र बजारमा सिलिण्डर पठाउनुअघि गम्भीरता पुर्वक चेकजांच नगर्ने कारणले दुर्घटना बढेको उल्लेख गरिएको छ ।

ग्यांस विक्रेता संघले लापरवाही गर्ने उद्योगलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र घटनामा पीडित भएकाहरुलाई उचित क्षतिपुर्तिको ब्यवस्था गर्नुपर्ने माग पनि गरेको छ ।

Advertisement

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले गुणस्तरहीन र थोत्रा सिलिण्डरहरु बजारमा पठाउने प्रबृति अन्त्य गर्न प्रशासनले ठोस कदम चाल्ने बताए ।

वितेको तीन महिनायता थोत्रा ग्यांस सिलिण्डरकै कारण मोरङमा मात्र ७ वटा दुर्घटना भएको एल.पी.ग्यांस विक्रेता संघले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top