दुधमा प्रदेश १ आत्मनिर्भर, प्रदेश सरकारले पाउडर प्लान्ट बनाउँदै

विराटनगर,पुस १२
प्रदेश नम्बर १ का दुग्ध व्यवसायी कृषकहरुले मिल्क होलिडेको समस्या खेप्दै आएको गुनासो गरेका छन् । मिल्क होलीडेले गर्दा यस पेशाबाटै पलायन हुने अवस्था आएको भन्दै मिल्क होलिडेको समस्या समाधान गर्न पाउडर प्लान्टको निर्माण गरी भारतबाट आयातित धुलो दुध प्रतिस्थापन गर्न सरकारसँग माग गरेका छन् । प्रदेश दुधमा आत्भनिर्भर भइसकेकाले दुधको आयात रोक्न कृषकहरुले माग गरेका छन् ।

प्रदेश १ मा वार्षिक ५ लाख ६१ हजार १५० मेट्रिकटन दुध उत्पादन भइरहेको छ । उनीहरुले दुध उत्पादन गरिएको लागतअनुसार प्रतिफल नपाउँदा पेशाबाट पलायन हुनुपर्ने बाध्यता रहेको दुखेसो पोखेका छन । मोरङबुढीगंगाका दामोदर न्यौपानेले गाईपालन गरेर ब्यवसाय सुरु गरेको ५ वर्ष भयो । शुरुवातमा उनले ४ वटा गाईबाट आएको दुधका लागि बजार पाईरहेका थिए ।

बजारमा माग पनि थियो , सोही अनुशारमा उनले केही लगानी जुटाई गाईपनि थपे तर अहिले उत्पादन भएको उनको दुधले बजार पाउन सकेको छैन । ब्याजमा खोजिएको श्रृण बढ्दै गएको छ भने घरमा दुध फयाक्नु पर्ने उनलाई बाध्यता रहेको छ । उनले कृषिलाई प्राथमितामा राखेको सरकारले कृषिमैत्री काम गर्न नसकेको गुनासो पनि गरे ।

Advertisement

न्यौपानेले तत्काल मिल्क होलिडेको समस्या हटाई दुधको बजार विस्तार गर्नुपर्ने बताएका छन । हामीले उत्पादन गरिरहेको दुधले बजार पाएको छैन, बजारमा भने नानाथरी धुलेदुध बिक्री भईरहेको छ उनले भने राज्यले हामीबाट दुध लिएर पाउडर दुध नै चाहिएको छ भने बनाउनुपर्छ र भारतबाट आयात हुने दुध बन्द गर्नुपर्छ । न्यौपाने त एक प्रतिनिधि पात्र मात्रै हुन उनी जस्तै दजनौ कृषक यस्ता समस्यासँग प्रदेश १ मा जुधिरहेका छन । प्रदेश १ मा प्रतिव्यक्ति बार्षिक ९१ लिटर दुध आवश्यक पर्नेमा १ सय १६ लिटर उत्पादन भैरहेकोले कृषकलाई लागत अनुसारको मूल्य दिएर मिल्क होलिडेको समस्या समाधान गर्नुपर्नेमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जोड दिए ।

Advertisement

उनले कृषि उत्पादनलाई बढावा दिन आयातित वस्तु नियन्त्रण गर्नेतर्फ सरकार लागेको बताए । मागभन्दा ३० हजार लिटर दुध यस प्रदेशमा बढी भइरहेकाले खेर जान नदिन पाउडर प्लान्टको आवश्यकता रहेको व्यवसायीहरुले बताएका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश १ विराटनगरद्वारा आयोजित दुग्ध व्यवसायीहरुसँगको अन्तरक्रियामा प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषिको विकास गर्न ६१ करोड बजेट विनियोजन गरेको मुख्यमन्त्री शेरधन राईले बताए ।

मुख्यमन्त्री राईले भने अनुदान दिएर कसैको बानी बिगारिदैन उनले भने कृषकको हक र हितका लागि नीजि, सार्वजनिक र सहकारी अवधारणालाई सरकारले अगाडि बढाएको छ । उनले प्रदेश नं.१ मा दुधमा देखिएको मिल्क होलिडे समस्यालाई समाधान गर्न दुधको पाउडर प्लान्ट बनाउने जानकारी पनि दिए । राईले भने अब लामो समयसम्म कृषकले यो समस्यासँग जुधिरहनु पर्देन चाडै पाउडर प्लान्ट बन्नेछ । प्रदेश–१ मा इलाममा, झापा र मोरङमा सबैभन्दा बढी दुध उत्पादन हँुदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top