×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बेलबारीमा रहेको पेट्रोल खानी झाडीमा परिणत , समृद्धिको लक्ष्य लिएको सरकार पुग्न सकेन (भिडियो रिपोर्टसहित)

१२ पुष २०७५

विराटनगर,पुस १२
सरकारको खानीहरुकोे उत्खनन् गर्ने योजना सेलाएसगै मोरङ राधानगरमा रहेको भनिएको पेट्रोल खानी अलपत्र परेको छ ।बेलवारी नगरपालिका ८ स्थित राधानगर क्षेत्रमा रहेको खानी क्षेत्र भने अहिलेपनि उद्योग मन्त्रालयले संरक्षण गदै आएको छ ।दुई जना हेरालु राखेर मन्त्रालयले झाडी क्षेत्रको संरक्षण गदै आएको छ ।

तर पछिल्लो समय सरकारले खानीको विस्तृत अन्वेषणको प्रतिबेदनका कुरा पनि बाहिर ल्याएको छैन भने त्यसको उत्खखन को कामपनि अघि बढन सकेको छैन । खानी क्षेत्र अहिले झाडीको रुपमा झाडी परिणत भएको छ ।स्थानीयले गाई बाख्राको लागि गौचरणका रुपमा झाडीलाई प्रयोग गदै आएको छन ।

Advertisement
Advertisement

खानी रहेको भनिएको क्षेत्रमा रहेका पाँच वटा गोदाम भत्केका छन भने भएको एउटा गौदामपनि लथालिङ्ग अबस्थामा रहेको छ । तत्कालीन समयमा इटालीको सेल कम्पनीले ३५ सय २० मिटर गहिरो ड्रिल गरेको स्थललाई अहिलेपनि प्लाटर गरेर सुरक्षित रुपमा राखिएको छ ।

मंरिचमान सिंहका पालामा खानीको अन्वेषण
मंरिचमान सिंह प्रधानमन्त्री भएको पालामा राधानगरमा पेट्रोल खानी रहेको बताएपछि सो क्षेत्रलाई नेपाल सरकारले संरक्षण गरेको थियो । प्रधानमन्त्री सिंहको पालामा भारतले ०४५ सालमा नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको अन्वेषणमा नेपालको ध्यान तानिएको थियो ।

इटालीयन सेल नेपाल नामक कम्पनीले विराटनगर आसपासमा अन्वेषण गरेको पनि थियो । मोरङको बाहुनी गाविस हाल बेलबारी नगरपालिकामा रहेको राधानगरमा सेल नेपालले ३५ सय २० मिटर गहिरो ड्रिल समेत गरेको थियो ।

त्यति गहिराइमा पुग्दा पनि तेल नभेटिएको बताउँदै कम्पनी अन्वेषणबाट पछाडि हटेको थियो । तर, भारतको दबाबमा उक्त कम्पनी पछाडि हटेको आरोप लाग्दै आएको छ ।

नेपालमा तेल निकालियो भने आफ्नो इन्धन भण्डार सुक्ने डर भारतलाई रहेकाले काम अगाडि नबढेको जानकारहरुको दाबी छ । राधानगरमा पेट्रोल खोज्न त्यतिबेला खनिएको खाडल अहिले पनि देख्न सकिन्छ ।

पछिल्लो अध्ययन प्रतिवेदन सार्वजनिक गरिएन
केपी शर्मा ओलीको अघिल्लो सरकारको पालामा चीनले नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषणको गरेको थियो । केपी ओली सरकारमा भएकै बेला देशका बिभिन्न ठाँउमा चिनियाँ टोलीले अन्बेषण गर्ने क्रममा राधानगरमा पनि अन्वेषणको काम भएको थियो ।

पेट्रोल अन्वेषण र उत्खनन् गर्ने विश्वकै अग्रणी संस्था एनसीपीसीले फेरी सम्भावित ठाँउहरुको अध्यायन र अन्बेषण गरेको थियो । यसअघि वैशाख ०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खननको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो ।

चैत ०७२ मा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय सम्झौता भएको थियो । त्यसैमा टेकेर चिनियाँ टोलीले वैशाख ०७३ मा नेपाल आएर सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीन लगेको थियो ।त्यसको रिपोर्ट आएको एक वर्षभन्दा बढी भइसक्दा पनि विस्तृत अन्वेषणका बारेमा कुनै जानकारी सरकारले सार्बजनिक गरेको छैन ।

सो समयमा चिनियाँ विज्ञ सहितको टोलीले कोशी नदी आसपार र चुरे क्षेत्रका चट्टानहरुको अध्ययान अन्बेषण गरेको थियो । स्थानीय रविन थापाका अनुसार चिनियाँ विज्ञसहितको टोलीले नेपालमा रहेका दुई ठूला खानीमध्ये एक राधानगर रहेको निष्र्कण निकालेको थियो तर सररकारले अहिलेसम्म सो बिषयमा बाहिर कुरा ल्याएको छैन ।

थापा भन्छन‘खानीको कुरा गरेर मात्र सरकार बस्न मिल्दैन,‘यदि खानी छ भने सरकारले त्यसको उत्खननको प्रकृया अगाडि बढाओस् होइन भने यो क्षेत्रलाई बेवारिसे अबस्थामा छाडनु भन्दा अन्य कामको लागि प्रयोगमा ल्याउन पर्छ’ ।खानीको बिषयलाई गुमनाम सरकारले बनाउन मिल्दैन ।

भारत पाकिस्तानमा चुरे पर्वत क्षेत्रमा खानी संचालन
नेपालका जुन भूभागमा पेट्रोलियम पदार्थ रहेको अनुमान छ, भारत र पाकिस्तानका पनि त्यस्तै शृंखलामा डिजेल र पेट्रोलका खानी भेटिएका छन् । पाकिस्तानले चुरे पर्वत शृंखलामा पर्ने पोटवार बेसिनमा इन्धन उत्खनन् गरिरहेको छ । भारतले चुरे शृंखलाभन्दा मुनिका विभिन्न क्षेत्रबाट पेट्रोलियम निकालिरहेको छ । अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । काठमाडौंलगायत धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यास निस्किरहेको छ ।

३७ वर्षे पूरानो योजना
करिब ३७ वर्षअघि तराईका अधिकांश क्षेत्रमा पेट्रोलियम पदार्थ निकाल्न सकिने पत्ता लागेको थियो । खानी तथा भूगर्भ विभागमा सोही प्रयोजनका लागि अन्वेषण परियोजना नै सञ्चालनमा छ । तर, नेपालको अहिलेसम्मको अध्ययन प्रतिफलविहीन देखिँदै आएको छ । विभिन्न वैज्ञानिक आधारलाई पछ्याएर विभागले भौगर्भिक ‘एक्स रे’लगायत अध्ययन सकेको छ ।

सोहीअनुसार सम्भावित भू भागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ । ती ब्लकहरुमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन्का लागि विभागले छुट्टाछुट्टै विदेशी कम्पनीलाई अनुमति दिएको थियो । तर, सम्झौताअनुसार ती कम्पनीले अन्वेषण र उत्खनन् नगरेकाले गत वर्ष सरकारले सम्झौता खारेज गरेको थियो ।

१, २, ४, ६ र ७ नम्बर ब्लकमा केरिन इनर्जीले अनुमति पाएको थियो । उक्त कम्पनीसँगको सम्झौता रद्द भइसकेको छ । ब्लक नम्बर ३ र ५ मा टेक्साना, ८ र ९ मा ईएबी तथा १० मा बीबीबीले अनुमति पाएका थिए । ती सबै रद्द भइसकेका छन् ।

नगरपालिका पनि अलमलमा
बेलवारी नगरपालिकाको ८ नं वडामा पर्ने राधानगरमा रहेको भनिएको खानीको बिषयमा नगरपालिकापनि अलमलको अबस्था रहेको छ । खानी भए नभएको बारेमा सरकारले प्रष्ट नगर्दा आफुहरुपनि अलमलको अबस्थामा रहेको मेयर ज्ञानेन्द्र सुबेदीले बताए ।

पटक–पटक खानी क्षेत्रमा अन्वेषणको काम भएको छ,खानी भएको नभएको बिषयमा कतै जानकारी छैन,यस्तो अबस्थामा हामीपनि अलमलमा परेका छौ’उनले भने । उनले सरकारले खानी भए नभएको बिषयलाई गुमनामको अबस्था अब चाडौ अन्त्य गर्नु पर्ने बताए ।

सरकारसंग खानी रहेको नरहेको बिषयमा अब चाडै कुरा गछौ मेयर सुबेदीले भने‘यदि संघीय सरकारले आधिकारीक रुपमा जानकारी गराउदैन भने अव भने सरकारको जवाफ पर्खेर हामी बस्दैनौ खानी क्षेत्र चालु आर्थिक बर्ष भित्र सद्पयोग गर्ने गरी काम अगाडी बढाउछौ ।

Advertisement

 

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top