सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ घाईते

१४ पुस ७५, आइतबार

बिराटनगर, पुस १५

Advertisement

१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । धनकुटाको पात्लेखोलामा भएको सवारी दुर्घटनामा परी १ जनाको को मृत्यु भएको छ ।

शनिवार साँझ सवा ५ बजेको समयमा धनकुटाबाट धरान तर्फ आउदै गरेको ग ३ ख ६१५१ नम्बरको मालबाहक ट्रक आफै अनियन्त्रीत भई सडकमा पल्टिएको थियो । दुर्घटनामा परि धनकुटा नगरपालिका–६ बस्ने ६२ वर्षीय गुरु प्रसाद दाहाल गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएकोमा उपचारको क्रममा बेलुका करिब ६ बजे मृत्यु भएको हो ।

Advertisement

सोही दुर्घटनामा परी ट्रकका सह–चालक मेचीनगर नगरपालिका बस्ने बर्ष २१ को चन्दन राजवंशी घाईते भई जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको तथा चालक जिल्ला प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सुनसरीको ईटहरी उप–महानगरपालिका–३ देविथानमा ट्याक्टर र मोटरसाईकल एक–आपसमा ठोक्कीँदा मोटरसाईकल चालक ईटहरी ४ बस्ने २६ वर्षीय सुमन परियारको मृत्यु भएको छ ।

शनिवार साँझ साढे ६ बजे ट्याक्टरको ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागि एपेक्स अस्पताल ईटहरी लगिएकोमा थप उचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान पठाईएकोमा उपचारकै क्रममा राती १२ बजे मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top