विराटनगर, पुस १५
अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा भोलि सोमबार विराटनगरमा बुलेट म्युजिक नाईट हुने भएको छ । मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तिको संयुक्त आयोजनामा विराटनगरको मारवाडी सेवा सदनमा भव्यरुपमा म्युजिक नाईट कन्र्संट हुने भएको हो ।
म्युजिक डिजे नाईटमा नेपालका पहिलो डिजे टेन्जिङ शेर्पा, राष्ट्रिय गायिका साईना श्रेष्ठ, भ्वाईलेन वादक कालेपुङ्गका कैलाश खालिङको विशेष प्रस्तुति रहने जनाईएको छ ।
कार्यक्रममा भारतको जोगवनी, विराट चोक, इटहरी, लक्ष्मीमार्ग र बिराटनगरमा रहेका ८ वटा डान्स गु्रपहरुले पनि डान्स गर्ने आयोजकका सदस्य राहुल सोनीले जानकारी दिए ।
कार्यक्रममा नेपालका पहिलो डिजे शेर्पा, राष्ट्रिय गायिका साईना श्रेष्ठ, भ्वाईलेन वादक खालिङको विशेष प्रस्तुति रहने जनाईएको छ । म्युजिक नाईटमा प्रवेशका लागि २ सय रुपैँया टिकट लाग्ने छ भने कार्यक्रम बेलुकी ४ बजेपछि सुरु हुने छ ।