विराटनगर, पुस १६
विराटनगरस्थित माहामाया भगवती आधारभूत विद्यालय दरैयाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका २ सय २५ जना विद्यार्थीलाई आज विराटनगर महानगरका मेयर भीम पराजुलीले सुइटर, टोपी वितरण गरेका हनु् । देवेनरा सहयोग केन्द्र विराटनगरको सहयोगमा उक्त न्यानो कपडा वितरण गरिएको हो ।
संस्थाका बेनीगोपाल मुन्दडाले विपन्न वालवालिकाहरु जाडोवाट बचुन भन्ने उदेश्यले सेवाको काम गरेको वताए । राम्रा कामका लागि सहयोगी हात समाजका लागि आबश्यक भएको भन्दै मेयर पराजुलीले देवेनरा सहयोग केन्द्रको प्रशंसा गरे । मेयर पराजुलीले जाडोकै कारण महानगर भित्रका विद्यालयका विद्यार्थीहरु समस्या ग्रस्त नहुन भन्ने उदेश्यले काम गरिरहेको बताए ।