कप्तान पारसलाई सन्दीपको खेल हेर्न मेलवर्नको निम्तो

१७ पुस ७५, मंगलबार
Share this
789shares

एजेन्सी, पुस १७
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई मेलवर्न स्टारर्सले विग ब्यासमा सन्दीपको खेल हेर्न निम्तो दिएको छ ।एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको प्रायोजन र नेपालय इन्टरसेनसलको व्यवस्थापनमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका कप्तान पारस खड्कालाई मंगलबार हुने मेलबर्न रेनेगेड्ससँगको खेल आफ्नै बक्समा बसेर हेन निम्तो दिएको हो ।

Advertisement

प्रचार कार्यक्रममै रहेको बेला आज सन्दीपलाई भेट्न पारस मेलवर्नमा पुगेका थिए । मेलवर्नमा सन्दीप र पारसले केहि समयसँगै अभ्यास पनि गरे। विग ब्यासमा सन्दीपले मेलवर्न स्टारबाट खेल्दै सानदार प्रर्दशन गरि रहेका छन् ।

अभ्यासपछि एक कार्यक्रममा सन्दीपले पारसलाई आफ्नो जर्सि समेत दिएका छन् । पारस सहित दीपेन्द्र सिंह ऐरी र यू–१९ राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास प्रधान अष्ट्रेलियामा छन् । चौथो खेलमा सन्दीपको टिम स्टार्सले मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । रेनेगेड्ससँगको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सन्दीपले सन् २०१९ मा सानदार सुरुवात गर्ने आशा गरिएको छ ।

Advertisement

सन्दीपले सुरुवाती ३ खेलमा ७ विकेट लिदैँ सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top