स्मार्ट लाइसेन्समा अख्तियारको चासो, भारतीय छपाई कम्पनीसँग जवाफ माग

स्मार्ट लाइसेन्समा अख्तियारको चासो, भारतीय छपाई कम्पनीसँग जवाफ माग

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ।

मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको कार्ड र प्रिन्टमा समस्या देखिएको भन्दै आयोगले १० दिने सार्वजनिक सूचना जारी गरेर प्रिन्टर्सका प्रतिनिधिसँग जवाफ माग गरेको छ।,नागरिक दैनिकमा खबर छ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले आयोगमा स्मार्ट लाइसेन्स र कार्डसम्बन्धी लिखित उजुरी परेकाले मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जवाफ माग गरिएको बताए।

‘स्मार्ट लाइसेन्समा समस्या देखिएकले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई १० दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएका छौं’ उनले भने, मद्रास सेक्युरिटी पिन्टसँग स्मार्ट कार्डको विषयमा जानकारी माग गरेका छौं।’ आयोगलमा स्मार्ट लाइसेन्स र सप्लायर्स कम्पनीविरुद्ध लिखित उजुरी भएकाले जानकारी माग गरिएको आयोगले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.