सामुदायिक सेवा केन्द्र रानीले गर्यो न्यानो कम्बल बितरण कार्यक्रम

१८ पुस ७५, बिहीबार

बिराटनगर, पुस १८

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक प्रहरी सेवा केन्द्र रानीसंग आबद्ध सामुदायिक सेवा केन्द्र रानीले न्यानो कम्बल बितरण कार्यक्रम गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतमा आज बिहान बिराटनगर महानगरपालिका–१६ दुर्गा मन्दिर परिसरमा भएको सो कार्यक्रममा ७६ थान कम्बल बितरण गरिएको थियो ।

Advertisement

कार्यक्रममा गरिव, असाह्य तथा बिपन्न बर्गका ७६ जनालाई एक एक थान कम्बल बितरण गरिएको थियो । कम्बल बितरण पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएको जाडोमा न्यानो कम्बल बितरण कार्यक्रमलाई सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई धन्यवाद दिएका थिए ।

Advertisement

उनले नागरिकको साथ र सहयोगले मात्र समुन्नत समाज निर्माण गर्न सकिने हुँदा आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा लिईएको बताए । उनले कार्यकमको आयोजना गर्ने सामुदायिक सेवा केन्द्र रानी प्रति आभार प्रकट गर्दैै यस्ता प्रकारका कार्यक्रमहरुबाट प्रहरी र आम नागरीकबीच सामिप्यता बढ्ने हुँदा १ नम्बर प्रदेश प्रहरी कार्यालयको तर्फबाट गर्न सक्ने जुनसुकै सहयोग गर्नपनि तयार रहेको बताए ।

कार्यकममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष किशोर सुब्बाले कम्बल उपलब्ध गराउने सम्पुर्ण सहयोगी दाताहरुप्रति हार्दिक नमन गर्दै आगामी दिनहरुमामा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

कार्यक्रममा सहयोगी दाता तथा कार्यक्रमलाई सफल बनाउन सहयोगी भूमिका निभाउने महानुभावहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

सो कार्यक्रममा मोरङ जिल्लाका प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्र रानी तथा तिनपैनीका पदाधीकारीहरु, स्थानीयवासीहरु, पत्रकार तथा नागरीकक समाजका अगुवाहरुको समेत उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top