×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

चिकित्सा शिक्षा विधेयक सर्वसम्मत गराउने प्रयास जारी

१८ पुष २०७५

काठमाडौँ,पुस १८

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि दफाबार छलफल गरी प्रतिवेदन पेश गर्न गठित सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पार्ने प्रयास जारी राखेको छ ।

Advertisement
Advertisement

उपसमितिको आजको बैठकमा विधेयकमाथि सदस्यहरु बीच केही विषयमा मतान्तर देखिएपछि सहमति जुटाउन भन्दै बैठक स्थगन गरिएको छ । उपसमितिका संयोजक भैरवबहादुर सिंहले प्रतिवेदनमा सहमति गर्नुपर्ने आवश्यकता देखिएकाले थप छलफलका लागि आजको बैठक स्थगन गरिएको जानकारी दिए । उनले सदस्यबीच बैठक बसेर निष्कर्षमा पुगी छिट्टै सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई प्रतिवेदन पेश गर्ने जानकारी दिए ।

आजको छलफलमा सत्ता पक्षीय दलका सदस्यले विधेकका विषयमा तत्कालै एउटा निचोडमा पुगी प्रतिवेदन बुझाउनु पर्नेमा जोड दिएका थिए । काङ्ग्रेस निकट सदस्यले भने डा.गोविन्द केसीसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै प्रतिवेदन बुझाउनुपर्ने अडान लिएका थिए ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्झौतामा परेका विषयलाई समाधान गर्ने ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड दिए । काठमाडौँ र त्रिभुवन विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउने भन्ने सहमति भइसकेको अवस्थामा नयाँ सम्बन्धन दिने विषयमा यहीबाट हल गर्न खोजियो भने समस्याको समाधान नहुने तर्क गरे ।

उनले छात्रवृत्तिको सन्दर्भमा मन्त्रालयले ऐन संशोधन प्रस्ताव संसद्मा लैजाने तयारी गरेको जानकारी दिँदै विपन्न, दलित र फरक क्षमताका साथसाथै शहीद, बेपत्ता तथा घाइते परिवारलाई जोड्नुपर्ने आवश्यकता औँल्याए । उक्त विषय सरकारका तर्फबाट हेर्दा सम्बन्धित विश्वविद्यालयको ऐनमै प्रावधान राखेमात्रै समाधान हुने सुझाव दिए ।

दश वर्षभित्र नेपालमा सञ्चालित चिकित्सासम्बन्धी शिक्षण संस्था गैरनाफामूलक संस्थाका रुपमा रहने छन् भन्ने विषयमा सरकारका तर्फबाट भनाइ राख्नुहुँदै मन्त्री पोखरेलले एउटा निर्णयमा पुग्न सरकारले सरोकारवालासँग छलफल गर्नुपर्ने भएकाले समग्र अध्ययन जरुरी रहेको औँल्याए । सङ्घीय शिक्षा नीति बनाउने समयमा यसबारे छलफल गर्नुपर्ने उनको भनाइ थियो ।

उनले स्वास्थ्य शिक्षासम्बन्धी प्रमाणपत्र तह भन्दामुनिका प्राविधिक कार्यक्रम हटाउने या स्तरोन्नति गर्ने विषयमा थप छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।

छलफलमा भनाइ राख्दै उपसमिति सदस्य खगराज अधिकारीले छलफल करिब करिब नजिकतिर पुगेको भन्दै सर्वसम्मत रुपमा निकास निकाल्नुपर्नेमा जोड दिए । नेकपाका नेता तथा उपसमितिका सदस्य योगेश भट्टराईले विधेयक बनाउँदा विभिन्न कालखण्डमा बनेको शिक्षा समिति, कार्यदल, संविधान, डा.केसीसँगको सम्झौता र संसदमा प्रस्तुत संशोधन प्रस्तावलाई आधार मानेर छलफल गरेको जानकारी दिँदै चिकित्सक शिक्षाको विषयमा जे शङ्का गरिरहेका छौँ, चिकित्सा शिक्षा उच्च उच्चस्तरीय आयोग बनेपछि सबै शङ्का हल हुने दाबी गरे ।

नयाँ सम्बन्धन दिँदा हिजोको जस्तो समस्या नआउने बताउँदै भट्टराईले विगतमा भएको सम्झौताको गरिमालाई ध्यानमा राख्दै डा.केसीले पनि संसद्को गरिमालाई ध्यान दिनुपर्ने बताए । प्रतिवेदनम समझदारी ग¥यौँ भने एउटा ‘आइस ब्रेक’ हुने उनको धारणा थियो ।

उपसमिति सदस्य गगन थापाले सरकार र डा.केसीसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै प्रतिवेदन तयार गरेर विधेयकको अङ्ग बनाउन आग्रह गर्नुभयोर त्यसो भयो भने सकारात्मक वातावरण बन्ने उनको भनाइ थियो ।

सरकारलाई प्रतिपक्ष दलको यो भन्दा ठूलो मद्दत अरु केही नहुने उनको भनाइ छ । उनले चिकित्सासम्बन्धी शिक्षण संस्था १० वर्षभित्रमा गैर नाफामूलक बनाएर लैजाने कुरामा सहमति रहेको जनाउँदै अहिले सम्झौतामा भएको विषयलाई नै राखेर अगाडि जान आग्रह गरे ।

उपसमिति सदस्य चित्रलेखा यादवले अहिले सम्झौताअनुसार जानुपर्ने र पछि आवश्यक परेमा संशोधन गर्न सकिने आफूहरुको अडान रहेको बताइन् । उपसमिति सदस्य अञ्जना विशङ्खेले सहमति नजिक पुगिसकाले थप छलफल गरेरै भए पनि निकास निकालेर जानुपर्नेमा जोड दिइन् । डा.गोविन्द केसीसँग सरकारले गएको साउन १० गते नौ बुँदे सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै डा. केसीले इलामबाट अनशन बस्ने तयारी गरेका छन् ।

सो विषयमा उपसमितिमा सहमति नजुटेपछि त्यही विधेयकमाथि छलफलका लागि बोलाइएको सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठक विभिन्न तीन उपसमितिको म्याद थप गर्दै स्थगित भ यो । समिति सभापति जयपुरी घर्तीले यही विधेयकका कारणले समितिले काम गर्न नपएको भन्दै छिटो निर्णयमा पुग्न उपसमितिलाई निर्देशन दिइन् ।

Advertisement
Advertisement

उनले यसअघि दिएको २१ दिनको म्याद सकिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी अध्ययन गर्न गठित उपसमिति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी अध्ययन गर्न गठित उपसमिति र युवा तथा खेलकूद मन्त्रालयसम्बन्धी अध्ययनका लागि गठित उपसमितिको म्याद १५ दिन थप गरेका छन् ।रासस

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top