वाइड बडीमा ४ अर्ब ३५ करोड अनियमितता, पर्यटनमन्त्रीलाई कारवाही गर्न शिफारिस

१८ पुस ७५, बुधबार

काठमाडौँ ,पुस १८

Advertisement

वाइडबडी खरिदमा अनियमितता भए\नभएको विषयमा छानबीन गर्न गठित उपसमितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारलाई तत्काल कारवाही गर्न शिफारिस गरेको छ ।

सांसद राजेन्द्र केसीको संयोजकत्वमा गठित समितिले वाइड बडी खरिद प्रक्रिया कानून सम्मत नदेखिएको प्रतिवेदन आज लेखा समितिमा बुझाएको छ ।

Advertisement

वाइड बडी २४२ मेट्रिक टनको ल्याउने भनेर २३० मेट्रिक टनको ल्याएर अनियमितता गरियो–प्रतिवेदनमा उल्लेख छ । वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर प्रतिवेदनमा गरिएको छ ।

प्रतिवेदनमा दुई पूर्व सहित बहालवालमन्त्री र तीनजना सचिवलाई कारबाही सिफारिस गरिएको छ । लेखा अन्तरगतको उपसमितिले वाइड वडी खरिदमा भएको अनियमितिबारे छानबिन गर्दै अहिलेका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवमाथि छानबिन गर्न भनेको छ ।

Advertisement

प्रतिवेदनमा तीनजना सचिवमाथि पनि निलम्बन गरी कारबाही गर्न उपसमितिले शिफारिस गरेको छ । पर्यटन मन्त्रालयका हालका सचिव कृष्णप्रसाद देवकोटा, अहिले गृहसचिव रहेका प्रेम राई र शंकर अधिकारीमाथि छानबिन गर्न निर्देशन दिने प्रतिवेदनमा उल्लेख छ ।

साथै, नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंशाकारालाई पनि तत्काल निलम्बलन गरी कारवाही गर्न शिफारिस गरिएको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top