म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित

१८ पुस ७५, बिहीबार

एजेन्सी, पुस १९
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित हात पारेको छ । बुधबार राति न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेपछि अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा लगातार चौथो जित निकाल्न सफल भएको हो ।

Advertisement

युनाइटेडलाई जिताउन वैकल्पिक खेलाडी रोमेलु लुकाकु र मार्कस रासफोर्डले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, ६४ औं मिनेटमा मैदान प्रवेश गरेको ३८ सेकेन्डमै रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता अग्रता दिलाए । रासफोर्डको शक्तिशाली फ्रिकिक न्युक्यासलका गोलरक्षकले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा लुकाकुले ६ यार्ड बक्सभित्रबाट सहजै गोल गरेका थिए ।

Advertisement

लुकाकु एक मिनेट अघि मात्रै एन्थोनी मार्सियलको स्थानमा मैदान छिरेका थिए । ८० औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।

यसअघि युनाइटेडले कार्डिफमाथि ५–१, हडर्सफिल्डमाथि ३–१ को र बोर्नामाउथविरुद्ध ४–१ को जित निकालेको थियो । उनी जिम्मेवारी लिएपछि सुरुवाती चार खेलमा युनाइटेडलाई लगातार चौथो जित दिलाउने सर माट बस्बीपछिका पहिलो प्रशिक्षक बनेका छन् । जितपछि युनाइटेड २१ खेलबाट ३८ अंक जोडेर छैटौ स्थानमा यथावत छ । पराजित न्युक्यासल १८ अंक जोडेर १५औं स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top