वाइड वडी घोटाला प्रकरणः छुट्टै छानविन गर्दै सरकार

१९ पुस ७५, शुक्रबार

काठमाडौं ,पुस १९

सरकारले वाइड वडी घोटाला प्रकरणबारे छुट्टै छानविन गर्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रबिधी मन्त्री गोकुल बास्कोटाले वाइड वडी जहाज खरिद प्रकरणबारे सरकारले छुट्टै छानविन समिति गठन गर्ने संकेत व्यक्त गरेका हुन् ।

‘उप समितिले छानविन प्रतिवेदन तयार पारेको छ, अब समितिमा छलफल होला, परिपक्क प्रतिवेदन आएपछि सरकारले आफ्नो पोजिसन स्पष्ट पार्छ, आवश्यक परेमा सरकारले आफैं छानविन पनि गर्न सक्छ’, मन्त्री बास्कोटाले भने । उनले सार्वजनिक लेखा समितिको उप समितिले तयार पारेको प्रतिवेदन पूर्ण नभएको पनि बताएका छन् ।

Advertisement

‘उप समितिको प्रतिवेदनकै आधारमा भ्रष्टाचारी घोषणा गरिनु हुन्न, त्यसलाई थप अध्ययन गरिनुपर्छ, अदालतले पुष्टि नगरेसम्म भ्रष्टाचारी प्रमाणित हुन्न’, मन्त्री बास्कोटाले भने । मन्त्रिपरिषदले गठन गर्ने समितिलाई बिभिन्न आरोप आउन सक्ने ठोकुवा पनि गरे । ‘आवश्यक परे सरकारले आफैं छानविन गर्न सक्छ तर भ्रष्टाचारीलाई जोगाउन छानविन गर्न थाल्यो भन्ने आरोप पनि आउन सक्छ’, मन्त्री बास्कोटाले भने ।

बुधबार सार्वजनिक लेखा समिति अन्तर्गत गठित उप समितिले वाइड वडी जहाज खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको थियो ।

Advertisement

सो प्रतिवेदनले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनले गृह सचिव प्रेम कुमार राई र पर्यटन सचिव कृष्ण प्रसाद देवकोटालाई पनि कारवाही सिफारिस गरेको छ । त्यस्तै, नेपाल बायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि तत्काल कारवाही सिफारिस गरेको छ ।(विकास न्युज)

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top