मन्त्री पण्डितलाई उप-सचिव सञ्जेलको खुल्ला पत्र : सचिवलाई कारबाही होस (पत्र सहित)

२१ पुस २०७५, शनिबार
Share this
759shares

विराटनगर, पुस २१
आफुलाई निजामती सेवा ऐन विपरीत सरुवा गरेको भन्दै उप—सचिव प्रेम प्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाही गर्न माग गरेका छन् । उनले श्रम सचिवलाई कारबाहीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई खुल्ला पत्र लेखेका छन् ।

Advertisement

उप—सचिव सञ्जेलले दुई पाना लामो हस्तलिखित निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत बोधार्थ दिएका छन् । जिल्ला निर्वाचन कार्यालय मोरङबाट श्रम कार्यालय विराटनगरमा सरुवा भएको दुई महिना बित्न नपाउँदै व्यवसायिक सिप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरिएपछि उपसचिव सञ्जेलले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका थिए ।

निवेदनमा निजामती सेवा ऐन २०४९ विपरित आफ्नो सरुवा भएको भन्दै सञ्जेलले यथास्थानमै काम गर्न पाउनुपर्ने माग गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय निर्णयबाट पुस ५ गते सञ्जेलको सरुवा गरेको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top