स्पेनिस ला लिगा : मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी, शीर्षस्थानमा ५ अंकको अग्रता

२२ पुस ७५, सोमबार

एजेन्सी, पुस २३
स्पेनिस ला लिगा फुटबल अन्तर्गत स्टार फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाल गेटाफेलाई पराजित गरेको छ ।

आइतबार राति गटाफेको घरेलु मैदानमा भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको हो । खेलको २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

३९औं मिनेटमा अर्का फरवार्ड लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना खेलमा २–० ले अघि बढेको थियो । ४३औं मिनेटमा जेमी माटाले गोल गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा झार्दै खेलमा फर्कने संकेत दिएका थिए ।

Advertisement

दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न नसक्दा बार्सिलोनाले २–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रता ५ अंक बनाएको छ । शीर्षस्थानको बार्सिलोनालेको १८ खेलबाट ४० अंक पुगेको छ ।

आइतबार राति नै भएको खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड सेभिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।बराबरीपछि दोस्रो स्थानमा रहेको एट्लेटिको शीर्षस्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको छ । तेस्रो स्थानमा रहेको सेभिल्लाको ३३ अंक रहेको छ

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top