प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाए कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाए कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

काठमाडौँ, पुस २५
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको छ । आइतबार (२२ गते) बसेको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएको भन्दै कांग्रेस सांसदले नाराबाजी गरेका थिए । कांग्रेसको नाराबाजीपछि बैठक आजलाई सारिएको थियो ।

आज दिउँसो १ बजे बोलाइएको बैठकमा पनि प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाए संसद अवरुद्ध गर्ने कांग्रेसले जनाएको छ । त्यसअघि मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उनले जवाफ दिने कार्यसूची बनेन भने संसद अवरुद्ध गरिने कांग्रेसका सांसदले बताए।

आइतबार सभामुख महराले सरकारको काम कारवाहीका विषयमा जानकारीमुलक वक्तव्य भएको भन्दै यसमा प्रश्न गर्न नपाउने भनेपछि प्रतिपक्षी कांग्रेस सांसदहरुले यसको विरोध जनाउँदै संसदमा उठेर विरोध गरी रोस्टम घेराउ गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.