काठमाडौँ, पुस २५
अग्नि एयर प्रालिका नाममा लिएको ऋण नतिरेको विषयको मुद्दामा ऋण असुली न्यायाधीकरणले सुधिर बस्नेतकी श्रीमतीको नाममा रहेको सेयर लिलामको प्रक्रिया थाल्न आदेश दिएको छ ।
न्यायाधीकरणले ग्लोबल आइएमइ बैंकबाट लिएको ऋण उठाउनका लागि बस्नेतकी श्रीमतीको नाममा रहेका सेयर लिलाम गर्ने भएको हो । बैंकले २०७० सालमा दायर गरेको मुद्दामा मंगलबार सुनुवाई गर्दै न्यायाधीकरणले बस्नेतकी श्रीमति नितु थापाको नाममा ग्लोबल आइएमइ बैंककै एक लाख ३६ हजार २३३ कित्ता संस्थापक र ५० हजार ३७८ कित्ता साधारण सेयर लिलाम गर्न आदेश दिएको हो ।
यर खरीद गर्न चाहनेले १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सेयरको मूल्य गत १८ गतेको मूल्यांकन अनुसार हुने बताइएको छ । संस्थापक शेयरको मूल्य १८० रुपैयाँ र साधारणको २७२ रुपैयाँ हुन आउँछ ।