एशियाली पर्यटन महोत्सव हुँदै

२६ पुस ७५, शुक्रबार

काठमाडौं, पुस २७
प्रदेश १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजार योग्य सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।

माघ ११ देखि १५ गतेसम्म मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत, भूटान लगायत मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापा लगायत संस्थाले सघाउने भएका छन् ।

Advertisement

महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिष्ट गाइडसम्बन्धी तालिम, गन्धर्व गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकल परिकारको स्टल विशेष आकर्षणका रूपमा रहने कार्कीले जानकारी दिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top