जूनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालको बर्चश्व

२७ पुस ७५, शनिबार

विराटनगर, पुस २७
विराटनगरमा सम्पन्न प्रेसिडेन्ट कप जूनियर अन्र्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १५ र १९ वर्षमूनिको उमेर समूहमा प्रिन्स दाहालले उपाधि हात पारेका छन् । त्यसैगरि, महिलातर्फ १५ वर्षमूनि रशिला महर्जन र १९ वर्षमूनि जेसिका गुरुङले उपाधि हात पारेका छन् । विराटनगरको सहिद रङशालास्थित कभर्डहलमा शुक्रबार सम्पन्न प्रतियोगितामा प्रिन्स दाहालले १९ वर्षमूनिको समूहमा समकक्षी प्रफुल्ल महर्जनलाई दुइ शुन्यको सेटमा पराजित गरेका थिए ।

पहिलो सेट २१–८ ले जित हात पारेका दाहालले दोश्रो सेटपनि सहज २१–१० ले महर्जनलाई स्तब्ध बनाउन सफल भएका छन् । जित हात पारेका दाहालले ट्रफीसहित २२ हजार ४ सय रुपैया हात पारे । त्यसैगरि, महिलातर्फको १९ वर्षमूनि जेसिकाले रशिला महर्जनलाई दुइ शुन्यको सेटमा स्तब्ध बनाएकी थिइन् । ट्रफीसहित २२ हजार ४ सय रुपैया“ नगद हात पारेकी जेसिकाले खेल २४–२२ र २१–१४ ले जितेकी थिइन् । प्रतियोगिता अन्र्तगत सोही उमेर समूहको डबल्समा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले म्यानमारका ज लिन ह्युटु र थु रिइनलाई दुइ एकको सेटमा हराएको थियो। डबल्सको उपाधि हात पार्ने क्रममा महर्जन जोडीले खेल १९–२१, २१–१७ र २१–१८ ले जित हात पारेको थियो।

त्यसैगरि महिलातर्फ जेसिका गुरुङ र रशिला महर्जनको जोडीले नेपालकै सीमा राजवंशी र नीता लम्सासको जोडीलाई २१–१२ र २१–३ ले हराएको थियो । त्यसैगरि, पुरुष १५ वर्षमूनिको खेलमा प्रिन्स दाहालले म्यानमारका ज लिन ह्युटुलाई दुइ एकको सेटमा हराए। उपाधि हात पारेका दाहालले पहिलो सेट २१–१५ ले जितेका थिए । यद्यपि दोश्रो सेटमा ह्युटुले २१–१७ ले आफ्नो पक्षमा पारे।

Advertisement

अन्तत रोमान्चक बनेको अन्तिम खेलमा दाहालले ह्युटुलाई २१–९ले स्तब्ध बनाए । त्यसैगरि, सोही उमेर समूह अन्र्तगत महिलातर्फ रशिला महर्जनले स्मृति राई २१–७ र २१–३ ले हराउदै उपाधि हात पारिन् । नेपाल ब्याडमिन्टन संघको मुख्य आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधि विजेता खेलाडीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा नेपालसहित भारत र म्यानमारबाट गरि कुल ७६ खेलाडीको सहभागिता रहेको रेफ्री किरण कारन्जीतले जानकारी दिए । प्रतियोगिताका लागि म्यानमारबाट ३ र भारतबाट २ खेलाडीको सहभागिता रहेको कारन्जीतले बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top