क्यान इन्फोटेक लक्की ड्र भोलि, एक भाग्यमानीले दुबई घुम्ने

२७ पुस ७५, शनिबार

विराटनगर, पुस २७
क्यान महासंघ मोरङको आयोजनामा भएको सुबिसु क्यान इन्फोटेक २०१९ को लक्की ड्र भोलि सार्वजनिक गरिने भएको छ । क्यान महासंघले विराटनगरको वेन्जन फुडल्याण्डमा लक्की ड्र सार्वजनिक गर्ने भएको हो ।

Advertisement

मेलामा टिकट काटेर प्रवेश गर्ने अवलोकनकर्ताहरुमध्ये भाग्यमानी एक जनालाई दुवई भ्रमणको अवसर दिईने योजनाअनुसार लक्की ड्र गर्न लागिएको क्यान महासंघ मोरङका सदस्य अजित चापागाईले जानकारी दिए ।

भोलि बिहान १० बजे हुने लक्की ड्र को क्यान महासंघ मोरङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने जनाईएको छ । लक्की ड्रको कुपन नम्बर पर्ने अवलोकन कर्ताले अर्धकट्टीका साथमा आधिकारिक परिचयपत्र लिएर क्यान महासंघ मोरङमा सम्पर्क राख्न सक्ने क्यान महासंघले जनाएको छ ।

Advertisement

सुबिसु क्यान इन्फोटेक इन एशोसियसन विथ म्याक क्याफे नाम दिएको सो मेला पुस १९ गतेदेखि २४ गतेसम्म विराटनगरको जैन भवनमा चलेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top