Nepal Times
Nepal Times
3
Shares

ओली भन्छन्- मलाई देशीविदेशी शक्तिले रोक्न खोज्दैछन्

ओली भन्छन्- मलाई देशीविदेशी शक्तिले रोक्न खोज्दैछन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् । आजको नागरिकदैनिकमा खबर छ ।

‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले(माओवादी तालमेलबाट सरकार गठन हुन्छ ।’ अ‍ेलीले भने ।

भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा आर्थिक समृद्धि र विकासका अजेण्डा बोकेर सरकारमा जान खोज्दा कानुनका छिद्र खोजेर प्रधानमन्त्री हुनबाट रोक्न खोजिएको ओलीको आरोप छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.