मोरङको कानेपोखरीका वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

विराटनगर,पुस २८
स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा कानेपोखरी ५ का वडाध्यक्ष चरणसिंह गुरुङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

Advertisement

मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी ५ का अध्यक्ष पूर्व एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

कानेपोखरी–५ र बेलबारी ८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट चिसाङ खोलाबाट ढुंगा, गिटी, र बालुवा निकासीमा अवैध चन्दा असुल गरी गुरुङको संलग्नता देखिएपछि प्रहरीले पूर्जी जारी गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

Advertisement

डिएसपी श्रेष्ठले भने, ‘सोही घटनामा यसअघि पक्राउ परेका दुई जनाको बयानका आधारमा पनि अवैध चन्दा असुलीमा वडाध्यक्ष गुरुङको संलग्नता देखिएको छ, उनको खोजी कार्य प्रहरीले सुरु गरेको छ।’

Advertisement

प्रहरीले ५ दिन अघि सोही ठाउँमा चन्दा असुल गर्ने कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । चन्दा असुली गर्ने दुवै जनालाई धरौटीमा रिहा गरिएको छ ।

उनीहरु विरुद्धको मुद्दा मोरङ अदालतमा विचाराधिन अवस्थामा छ । गुरुङले कानेपोखरी–५ का चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्याक्टर र ट्रिपरबाट पैसा असुल गर्न पत्रै दिएका थिए ।

गुरुङले प्रति ट्रिपर चन्दा स्वरुप १ सय रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधरणसँग सहमति गराएका थिए । गुरुङ आफैं क्रसर व्यवसायी हुन् ।

यसअघि पनि पदको दुरुपयोग गरी अवैध ढंगले नदीजन्य वस्तुको निकासी गर्ने गरेको स्थानीयको आरोप छ । चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेको विषयमा स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा रोक लगाएका छन् ।

गत २०७४ असोज २३ गते गुरुङकै अध्यक्षतामा बसेको स्थानीय उपभोक्ता समितिको बैठकले विभिन्न ७ वटा सहमति गरेको थियो । सहमति अनुसार खोलाको दुरु ३० मिटर मात्र खन्ने, जहदा डिक बहादुर राईको घरबाखोलाको दुरु ३० मिटर मात्र खन्ने, जहदा डिकबहादुर राईको घरबाट काम सुरु गर्ने, नाका पिच्छे लोकल÷स्थानीयलाई रु.५० स्थानीय भन्दा बाहिरको लाई रु.१०० लिने, समय घाम झुल्केदेखि घाम अस्ताउन्जेल खन्ने, खोलामा संकेत गरेको चिन्ह भन्दा बाहिर खनेमा रु. ५ हजार जरिमाना लिने र खोलाको ढुंगा बाहिर विक्री गर्न नपाइने उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top