×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

विराटनगरका हाटबजारको ब्यवस्थापनमा महानगर असफल !(भिडियो रिपोर्टसहित)

२९ पुष २०७५

विराटनगर, पुस २९
सडकमा लाग्ने साप्ताहिक हाटबजारलाई हटाई तिनलाई ब्यवस्थित बनाउने योजना ल्याएको विराटनगर महानगरपालिका यसको कार्यन्वयनमा असफल बनेको छ । सडकमा लागेका हाटबजारले दुर्घटना बढेको, अत्यावश्यक सवारी आवगमनमा समस्या आएको तथा हटियाबाट निस्केको फोहोरले दुर्गन्धित भएको गुनासा आएपछि महानगरपालिकाले गत असारमा चालु आर्थिक वर्षको साउन सम्ममा सडकमा लाग्ने हाटबजार हटाउने निर्णय गरेको थियो । तर निणर्य गरेको ६ महिना बितिसक्दा पनि महानगर भित्रका दुई वटा हटियामात्र सडकबाट बाहिर लग्न सकेको छ ।

विराटनगर महानगरपालिकाभित्र गुद्री बजारसहित जम्मा १८ स्थानमा हाटबजार लाग्दै आईरहेका छन् । जसबाट महानगरले वार्षिक १२ लाख राजस्व असुली गर्ने गरेको छ । सडकमा हाटबजार लगाउँदा विभिन्न समस्या उत्पन्न भएपछि महानगरले सडकभन्दा बाहिर खाली जग्गाको ब्यबस्थापन गरेर खाली जग्गामा हाटबजार लगाउने योजना बनाएको हो । तर लामो समय बित्दा पनि हटिया ब्यबस्थापन नहुनुले महानगरको योजना नै विफल भएको आशंका उब्जिन थालेको छ ।

Advertisement
Advertisement

महानगरले हाटबजार हटाउने कुरा गरिरहँदा महानगरपालिकाको कार्यालय अगाडि नै लाग्ने ठूलो हटिया अहिलेसम्म ब्यबस्थापन हुन सकेको छैन । तर महानगरका मेयर भीम पराजुली भने साउनसम्ममा हटाउने नभई साउनबाट ब्यबस्थापन थाल्ने महानगरको योजना रहेको बताउँदै आवश्यक ब्यबस्थापनको काम भईरहेको बताउँछन् । हाटबजार सडकबाट हटाउने नभई ब्यबस्थापन गर्ने योजना रहेको उनको भनाई छ ।

मेयर परमजुलीले भने ‘ आमीले साउन १ गतेदेखी सुरु गर्ने भनेको हैन, साउनदेखी चाही व्यवस्थापन गर्ने भनेको हो । हामीले धेरै वडाहरुमा त्यसको व्यवस्थापन गरिसकेका छौँ । केही वडामा स्थानको अभावमा बाँकिछ । हिँजो सडकमै हटिया लाग्ने गरेको थियो भने अहिले केही सारेर व्यवस्थापन गरेको अवस्था छ । खाली ठाउँमा हटिया व्यवस्थापन गर्ने हो हटाउने कुरा हैन ।’

हाटबजार ब्यबस्थापनका लागि आवश्यक जग्गाको ब्यबस्था मिलाउने र समन्वय गर्ने काम वडाध्यक्षहरुलाई जिम्मा दिईएको छ । तर, वडाध्यक्षहरुले यसका लागि पहल थालेको देखिँदैन । सडक नालाको निर्माण कार्यले गर्दा ब्यबस्थापनमा समस्या आएको विराटनगर महानगरपालिका वडा नं ५ का वडाअध्यक्ष मीनकुमार आर्चाय बताउँछन् । उनले भने ‘अन्य वडाहरुमा चाहिँ भएको छ जस्तो लाग्छ यो वडाको शन्दर्भमा चाहि निर्णय भएर कार्यान्वयन नभएको जस्तो देखिएको छ, यहाँ अहिले सडक तथा नाला निर्माणका कारणले व्यवस्थापनमा समस्या आईरहेको छ । निर्माण कार्य सकिना साथ हामी त्यो काम गर्छौँ ।’

हाटबजारमा ब्यापार गर्ने स्थानीय ब्यापारी पनि हाटबजार ब्यबस्थित गर्ने बारे जानकारी नगराएको बताउँछन् । महानगरले सडकको हाटबजार हटाउने योजना ल्याएर आफूहरुको कमाई खाने बाटो बन्द गर्न खोजेको उनीहरुको गुनासो छ । विराटनगरका विभिन्न हाटमा तरकारि व्यपार गर्दै आएका लक्ष्मण सोनीले हटिया व्यवस्थापन गर्ने विषयमा आफुलाई कुनै जानकारी नभएको बताउदै सडकमै पसल गरेको धरै वर्ष भएको बताए ।

उनले भने ‘हामीले धरै वर्षदेखी यहि सडकमै लाग्ने हटियामा तरकारि बेचेर परिवारको गुजारा गर्दै आएका छौँ । हटिया हटाईए हाम्रो त विजोग हुन्छ । हार्मीलाई व्यपार गर्न महानगरपालिकाले ठाउँ दिनु प¥यो ।’ त्यस्तै अर्का व्यपारि सन्तोष साहले आफुहरुको अन्य कुनै रोजगार नरहेकाले हटिया हटाईए बेरोजगार बन्ने बताए । उनले भने ‘ हम्रो अरु केही रोजगार छैन । रोजगार भनेकै यहि पशल हो बेचेर आफ्नो र परिवारको पेल पाल्नु परिरहेको छ । अब हटिया हट्यो भने हाम्रो हालत के हुन्छ ?त्यो महानगरपालिका र भिम पराजुलीले बुझिदिनुपर्छ ।’

Advertisement

 

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top