विराटनगर, पुस २९
सडकमा लाग्ने साप्ताहिक हाटबजारलाई हटाई तिनलाई ब्यवस्थित बनाउने योजना ल्याएको विराटनगर महानगरपालिका यसको कार्यन्वयनमा असफल बनेको छ । सडकमा लागेका हाटबजारले दुर्घटना बढेको, अत्यावश्यक सवारी आवगमनमा समस्या आएको तथा हटियाबाट निस्केको फोहोरले दुर्गन्धित भएको गुनासा आएपछि महानगरपालिकाले गत असारमा चालु आर्थिक वर्षको साउन सम्ममा सडकमा लाग्ने हाटबजार हटाउने निर्णय गरेको थियो । तर निणर्य गरेको ६ महिना बितिसक्दा पनि महानगर भित्रका दुई वटा हटियामात्र सडकबाट बाहिर लग्न सकेको छ ।
विराटनगर महानगरपालिकाभित्र गुद्री बजारसहित जम्मा १८ स्थानमा हाटबजार लाग्दै आईरहेका छन् । जसबाट महानगरले वार्षिक १२ लाख राजस्व असुली गर्ने गरेको छ । सडकमा हाटबजार लगाउँदा विभिन्न समस्या उत्पन्न भएपछि महानगरले सडकभन्दा बाहिर खाली जग्गाको ब्यबस्थापन गरेर खाली जग्गामा हाटबजार लगाउने योजना बनाएको हो । तर लामो समय बित्दा पनि हटिया ब्यबस्थापन नहुनुले महानगरको योजना नै विफल भएको आशंका उब्जिन थालेको छ ।
महानगरले हाटबजार हटाउने कुरा गरिरहँदा महानगरपालिकाको कार्यालय अगाडि नै लाग्ने ठूलो हटिया अहिलेसम्म ब्यबस्थापन हुन सकेको छैन । तर महानगरका मेयर भीम पराजुली भने साउनसम्ममा हटाउने नभई साउनबाट ब्यबस्थापन थाल्ने महानगरको योजना रहेको बताउँदै आवश्यक ब्यबस्थापनको काम भईरहेको बताउँछन् । हाटबजार सडकबाट हटाउने नभई ब्यबस्थापन गर्ने योजना रहेको उनको भनाई छ ।
मेयर परमजुलीले भने ‘ आमीले साउन १ गतेदेखी सुरु गर्ने भनेको हैन, साउनदेखी चाही व्यवस्थापन गर्ने भनेको हो । हामीले धेरै वडाहरुमा त्यसको व्यवस्थापन गरिसकेका छौँ । केही वडामा स्थानको अभावमा बाँकिछ । हिँजो सडकमै हटिया लाग्ने गरेको थियो भने अहिले केही सारेर व्यवस्थापन गरेको अवस्था छ । खाली ठाउँमा हटिया व्यवस्थापन गर्ने हो हटाउने कुरा हैन ।’
हाटबजार ब्यबस्थापनका लागि आवश्यक जग्गाको ब्यबस्था मिलाउने र समन्वय गर्ने काम वडाध्यक्षहरुलाई जिम्मा दिईएको छ । तर, वडाध्यक्षहरुले यसका लागि पहल थालेको देखिँदैन । सडक नालाको निर्माण कार्यले गर्दा ब्यबस्थापनमा समस्या आएको विराटनगर महानगरपालिका वडा नं ५ का वडाअध्यक्ष मीनकुमार आर्चाय बताउँछन् । उनले भने ‘अन्य वडाहरुमा चाहिँ भएको छ जस्तो लाग्छ यो वडाको शन्दर्भमा चाहि निर्णय भएर कार्यान्वयन नभएको जस्तो देखिएको छ, यहाँ अहिले सडक तथा नाला निर्माणका कारणले व्यवस्थापनमा समस्या आईरहेको छ । निर्माण कार्य सकिना साथ हामी त्यो काम गर्छौँ ।’
हाटबजारमा ब्यापार गर्ने स्थानीय ब्यापारी पनि हाटबजार ब्यबस्थित गर्ने बारे जानकारी नगराएको बताउँछन् । महानगरले सडकको हाटबजार हटाउने योजना ल्याएर आफूहरुको कमाई खाने बाटो बन्द गर्न खोजेको उनीहरुको गुनासो छ । विराटनगरका विभिन्न हाटमा तरकारि व्यपार गर्दै आएका लक्ष्मण सोनीले हटिया व्यवस्थापन गर्ने विषयमा आफुलाई कुनै जानकारी नभएको बताउदै सडकमै पसल गरेको धरै वर्ष भएको बताए ।
उनले भने ‘हामीले धरै वर्षदेखी यहि सडकमै लाग्ने हटियामा तरकारि बेचेर परिवारको गुजारा गर्दै आएका छौँ । हटिया हटाईए हाम्रो त विजोग हुन्छ । हार्मीलाई व्यपार गर्न महानगरपालिकाले ठाउँ दिनु प¥यो ।’ त्यस्तै अर्का व्यपारि सन्तोष साहले आफुहरुको अन्य कुनै रोजगार नरहेकाले हटिया हटाईए बेरोजगार बन्ने बताए । उनले भने ‘ हम्रो अरु केही रोजगार छैन । रोजगार भनेकै यहि पशल हो बेचेर आफ्नो र परिवारको पेल पाल्नु परिरहेको छ । अब हटिया हट्यो भने हाम्रो हालत के हुन्छ ?त्यो महानगरपालिका र भिम पराजुलीले बुझिदिनुपर्छ ।’