सचिव कुटिएपछि कर्मचारी आन्दोलित : मुख्यमन्त्रीलाई २४ घण्टे अल्टिमेटम

विरेन्द्र रमन

जनकपुर, पुस ३०

आर्थिक मामिला मन्त्री विजय यादवले वन मन्त्रालयका सचिव विद्यानन्द झालाई कुटपिट गरेको घटनाप्रति कर्मचारीहरुको विभिन्न संगठनहरुले कारवाहीको मांग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरु घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कारबाहीको मांग गरेका छन् ।

Advertisement

धनुषाका निजामति कर्मचारीहरु सोमबार हातमा कालो पट्टी बाँधेर कार्यकक्षमा उपस्थित भइ बिरोध गरेको ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले बताए ।घटनाको बिरोध गर्दै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

ज्ञापन पत्रमा सचिवमाथिको हातपातले कर्मचारीको मनोबल गिराउन काम भएको जनाएको छ ।कर्मचारीहरुका नेता बेचन महतोले आफुहरुले बुझाएको ज्ञापन पत्रमा मुख्यमन्त्री सकारात्मक देखिएको भोली तीन बजे सम्म आफुहरुको माग सम्बोधन नभएको अवस्थामा शक्त आन्दोलनमा जाने समेत बताए । घटनाले कर्मचारीले असुरक्षा महसुस भएको भन्दै पूर्ण सुरक्षाको ग्यारेन्टी गराउनु पर्ने माग कर्मचारीको छ ।

कुटपिटको घटनालाई निश्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न कर्मचारी युनियनले माग गर्दै २४ घण्टाभित्र सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ भने नगरे विरोधका कार्यक्रमलाई यथावत राख्ने अध्यक्ष साहले जानकारी दिए । यता कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कारबाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै कुटपिट गर्ने मन्त्रीलाई कारबाही गर्न माग गरेका हुन् ।

मन्त्री यादवले आइतबार सचिव झालाई कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए । घटना निन्दनीय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनले सत्यतथ्य छानबिन गर्न आफ्नो सहभागिता हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

घटनाले कर्मचारीको भावनामा आघात पुगेकाल पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष भोलानाथ पोखरेलले बताए । कर्मचारीमाथि पटक पटक दुव्र्यवहार हुने गरेको भन्दै कर्मचारी संघहरुले त्यस्ता क्रियाकलाप नरोकिए सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले घटनामा गल्ती गर्नेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । घटनापछि प्रदेश, २ सरकारले छानबिन समिति गठन गरेको उल्लेख गर्दै प्रतिवेदन आएपछि दोषीलाई कारबाही गर्ने बताए । उनले मन्त्री, कर्मचारी जो भए पनि सरकारले गल्ती गर्नेलाई नछाड्ने स्पष्ट पारे । पण्डितले घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top