गरीब तथा विपन्न ९० स्थानीयबासीलाई कम्बल वितरण

३० पुस ७५, मंगलबार

विराटनगर, पुस ३०
रङगेली नगरपालिका– ८ बडाहाडागीका विपन्न, असह्राय बगर्का स्थानीयवासीहरुलाई ९० थान कम्बल बितरण गरिएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा सोमबार बिहान समुदायसंग चिया कार्यक्रम तथा कम्बल बितरण गरिएको हो ।

१ नम्बर प्रदेश प्रहरी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा स्थानीयवासीहरुसंग छलफल तथा बिपन्न, असह्राय बगर्का स्थानीयवासीहरुलाई ९० थान कम्बल बितरण गरिएको थियो । गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान बिशाल ग्रुपले उपलब्ध गराएको ९० थान न्यानो कम्बल १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजाल, रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले बितरण गरेका थिए ।

Advertisement

कार्यकममा स्थानीयहरुबासीहरुबाट आएको गुनासो सम्बोधन गर्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले नागरीकहरुको हरेक दुख सुखमा प्रहरी साथ रहेको बताउँदै स्थानीयस्तरमा भएका समस्याहरुलाई निर्धक्कसाथ प्रहरीलाई जानकारी गराउन र बेलैमा सूचनाहरु दिएमा प्रहरीले आमनागरिकको सुरक्षामा कति पनि कन्जुस्याई नगर्ने बताए ।

कार्यक्रममा रङ्गेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले प्रहरी, जनप्रतिनिधीहरु र स्थानीय नागरीकहरु एक अर्कामा सहकार्य गर्दे अगाडी बढेमा मात्र समृद्ध र सुरक्षित हुने धारणा राखेका थिए ।

त्यस्तै मोरङ जिल्ला प्रहरी प्रमुख केसीले पिछाडिएको बर्ग र स्थानहरुमा प्रहरीको पहुँच र्पुयाउने उदेश्यले समुदायसंग चिया भन्ने कार्यक्रमलाई अगाडी सारिएको बताउँदै यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, संचारकर्मी लगायत २०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top