विराटनगर, माघ २
ग्यालेक्सी डेन्टल एण्ड सर्जिकलको आयोजनामा विराटनगरमा डेन्टिस्टहरुलाई तालिम दिईने भएको छ । तालिम विराटनगर– ५ बरगाछीमा रहेको ग्यालेक्सी डेन्टल एण्ड सर्जिकलको कार्यालयमा शनिबार बिहान दश बजेदेखि बेलुका ८ बजेसम्म तीन चरणमा हुनेछ ।
नेपाल डेन्टल एशोसियसन मोरङको स्वीकृतीमा गर्न लागिएको सो डेन्टल तालिममा डेन्टिस्ट डक्टरहरुले सहभागिता जनाउन सक्ने ग्यालेक्सी डेन्टल एण्ड सर्जिकलका निर्देशक अनिल चौधरीले जानकारी दिए ।
रोटरी इन्डो डेन्टिस्ट वर्कसप नामक सो तालिममा भारतका डक्टर सुरेश सेनभी र मनोज चेलिकानीले तालिम दिनेछन् । तलिम निः शुल्क रुपमा आयोजना गरिने निर्देशक चौधरीले बताए ।