काठमाडौं, पुस १६
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रस अब ५० वर्ष सम्म सत्तामा आउन नसक्ने दावी गरेका छन् । नेकपा (एमाले) सञ्चार इलाका कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेता भट्टराइले यस्तो बताएका हुन् ।
एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले चुनावमा नराम्ररी पराजित भइसक्दा समेत कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाडेर नकचरो प्रवृत्ति देखाएको आरोप लगाए । उनले वंशजका शासकले अन्तिममा चुरीफुरी देखाए जस्तो अहिले कांग्रस सभापति देउवाले त्यस्तै शैली देखाएको दावी गरे ।