कोपा डेल रे : पुनरागमन जितसहित बार्सिलोना क्वाटरफाइनलमा

BARCELONA, SPAIN - JANUARY 17: Dembele of FC Barcelona celebrates his goal during the Copa del Rey Round of 16 match between FC Barcelona and Levante at Nou Camp on January 17, 2019 in Barcelona, Spain. (Photo by David Ramos/Getty Images)

एजेन्सी, माघ ४
कोपा डेल रे फुटबल अन्तर्गत पहिलो लेगमा २–० ले पछि परेको बार्सिलोनाले लेभान्टेमाथि दोस्रो लेगमा ३–० को पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।घरेलु मैदान क्याम्प नोउमा बिहीबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन औसमान डिम्वेलेले २ तथा कप्तान लियोनल मेस्सीले एक गोल थपे । बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै आन्तिम आठमा पुग्न सफल भएको हो ।

लेभान्टेलाई सुरुवातदेखि नै दवावमा राखेको बार्सिलोनाका लागि पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो । खेलको ३०औं मिनेटमा डेम्वेलेको गोलबाट अग्रता बनाएको थियो । कप्तान लियोनेल मेस्सीको पासमा डेम्वेलेको प्रहार सर्जियो पोस्टिगोले क्लियर गर्न खोजेपनि असफल बन्यो । लगत्तै ३१औं मिनेटमा डेम्वेलेले मेस्सीकै पासमा अर्को गोल थप्दै बार्सिलोनाको अग्रता दोब्बर बनायो । ५४औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गर्दै बार्सिलोनालाई ३–० को जित दिलाउदै क्वाटरफाइनलको यात्र तय गराए । मेस्सीले नेल्सन सोमिडेको पासलाई सदुपयोग गरेका थिए ।

बिहीबारै भएको अर्को खेलमा इस्पान्योलले भिल्लारियललाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । इस्पान्योलले समग्रमा ५–३ को जित निकालेको हो । अर्को खेलमा रियल बेटिसले रियल सोसिडाडलाई खवे गोलमा पछि पार्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । रियल बेटिस र रियल सोसिडाडबीचको खेल भने २–२ गोलको बराबरीमा सकिएको थियो ।