फ्रेन्च लिग : एकै खेलमा एम्बाप्पे र काभानीको ह्याट्रिक, नेयमारको २ गोल

BELGRADE, SERBIA - DECEMBER 11: Neymar (C) of Paris Saint-Germain celebrates after scoring a goal with Thilo Kehrer (L) and Angel Di Maria (R) during the UEFA Champions League Group C match between Red Star Belgrade and Paris Saint-Germain at Rajko Mitic Stadium on December 11, 2018 in Belgrade, Serbia. (Photo by Srdjan Stevanovic/Getty Images)

एजेन्सी, माघ ६
फ्रेन्च लिग वोन अन्तर्गत शनिबार राती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गुइग्याम्पलाई ९–० ले पराजित गरेको छ । पीएसजीको जितमा किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरेका छन्। त्यस्तै नेयमारले २ गोल र थोमस म्युनियरले पनि १ गोल गरे।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले सुरुवातबाट नै कब्जा जमाएको थियो । पिएसजीले ११ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लियो। एम्बाप्पेले ३७ औं मिनेट तथा थपिएको समयमा गोल गर्दै टोलीलाई ३(० को अग्रता दिलाए। पिएसजीका उरुगेली स्ट्राइकर काभानीले ५९ र ६६ औं मिनेटमा गोल गरे। नेयमारले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

खेलको ७५ औं मिनेटमा काभानीले गोल गर्दै ह्याट्रिक पुरा गरे भने एम्बाप्पेले ८० औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरे। ७६ औं मिनेटमा मैदान प्रवेश गरेका फुल ब्याक म्युनियरले ८९ औं मिनेटमा पिएसजीको लागि नवौं गोल गरे।

पीएसजीले खेल अवधीभर ६८ प्रतिशत बल पोजेसन राखेको थियो । यो जितसँगै पिएसजी फ्रेन्च लिगको १९ खेलमा अपराजित रहँदै १७ जित र २ बराबरीसँगै शिर्षस्थानमा रहेको छ । पिएसजीको ५३ अंक छ ।