विराटनगरलाई राजधानी बनाउन माग गर्दै विशाल र्याली प्रदर्शन (फोटो फिचर)

१५ पुस ७४, आइतबार

विराटनगर, पुस १६
विराटनगरलाई प्रदेशको राजधानी बनाउन माग गर्दै विराटनगरमा आज दिउँसो विशाल र्याली प्रदर्शन गरिएको छ । विराटनगर माहानगरपालिकाको अगुवाइमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, राजनीतिक दलका नेता तथा अन्य संघ–संस्थाको अगुवाईमा विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाउन माग गर्दै र्याली निकालिएको हो ।

Advertisement

शहिद रंगशालाबाट सुरु भएको र्याली बजारको विभिन्न भागको परिक्रमा गरि महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै विभिन्न नेता तथा अगुवाले विराटनगर भौतिक पूर्वाधार युक्त सहर भएको कारण विराटनगर नै राजधानी बन्नुपर्ने बताएका छन् ।

Advertisement

कोणसभामा बोल्दै मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद तथा विना विभागिय मन्त्रि शिवकुमार मण्डलले पूर्वाधारदेखि प्रशासनिक र सम्पूर्ण हिसाबले विराटनगर उपयुक्त रहेकोले प्रदेश नम्बर १ को राजधानी विराटनगर हुने बताए । हरेक हिसबाले प्रदेशको राजधानी बन्न विराटनगर उपयुक्त रहेको उनले बताए ।

Advertisement

सरकारले विराटनगर बाहेक अन्य ठाउँ प्रदेशको राजधानी तोकिँदा विकास निमार्णले प्रदेश नम्बर १ पाँच वर्ष पछि पर्ने मण्डलको भनाई छ । कार्यक्रममा बोल्दै मोरङका प्रदेश सांसद लिलाबल्भव अधिकारी, केदार कार्कीले प्रदेशको राजधानी बन्न प्रयाप्त मात्रामा विराटनगरमा पूर्वाधारहरु रहेकाले विराटनगर बाहेक अन्य शहर प्रदेशको राजधानी हुनै नसक्ने बताए ।

कोणसभामा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरलाई राजधानी बनाउन एक महिना अघिदेखि लागी परेको बताए । काठमाण्डौ पछिको दोस्रो ठूलो सहर प्रदेश नम्बर १ को राजधानी विराटनगर नै हनुपर्ने उनले बताए ।

उद्योग संगठन मोरङका अध्क्ष मुकेश उपाध्ययले ऐतिहासिक शहर विराटनगरलाई प्रदेशको राजधानी बनाउन दलका नेताहरुले षणयन्त्र गरेको आरोप लगाए ।

कोणसभामा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, माओवादी केन्द्रका संयोजक गोपी आछमी, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष राजकुमार यादव, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडालगायले विराटनगरलाई राजधानी कायम गर्नुे पर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top