इटहरीमा प्रि भ्यालेन्टाईन्स रेड कार्पेट हुने

इटहरीमा प्रि भ्यालेन्टाईन्स रेड कार्पेट हुने

विराटनगर, माघ ७
यही माघ २९ गते इटहरीमा प्रि भ्यालेन्टाईन्स रेड कार्पेट हुने भएको छ । इटहरी स्थित इम्पेरियल लन्जमा हुन लागेको सो कार्यक्रममा लाईभ म्युजिक, डिजे, सेसन, डान्स पर्फमेन्स,फेसन सो, कपल गेम्स लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुती हुने जनाईएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा नायिका केकी अधिकारी कार्यक्रम सञ्चालिका तथा सो स्टपरको रुपमा बेनिसा हमाल हुने कार्यक्रम संयोजक तथा कोरियोग्राफर मिस्टर इन्टरनेशनल नेपाल २०१८ साजिद आलमले बताए ।

कार्यक्रममा दश जना मोडलहरुको पनि सहभागिता रहने उनले जानकारी दिए । कार्यक्रम ब्यबस्थापनको जिम्मा इनोभेटिभ एड एजेन्सीले लिएको छ । कार्यक्रम बेलुका ५ बजेबाट सुरु हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.