न्याय परिषदको कारबाही : उच्च अदालत सुनसान

विराटनगर : गत बिहीबार बेञ्चमा मुद्दा हेरिरहेका पाँच जना न्यायाधिशका नाममा एकै पटक सरुवा पुर्जी आयो । पुर्व जानकारी विना फ्याक्समार्फत आएको सरुवा पुर्जीले उच्च अदालत विराटनगर मात्र नभई नेपालको न्यायिक क्षेत्र नै तरङ्गित बन्यो ।

Advertisement

मोरङ उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा थुनामा रहेकाहरु मध्ये केहीलाई छाड्ने विवादित आदेश गरेको आरोपमा पाँच जना न्यायधिशको एकैपटक सरुवा भएपछि दैनिक पेसी सुचि कम भएको छ भने न्यायालय सुनसान छ ।

सोमबार उच्च अदालत विराटनगरमा भेटिएका एक कानुन ब्यबसायीले भने ‘न्याय परिषदको निणर्यका विषयमा कोही बोलेका छैनन् ।’उनी एकै पटकको काज सरुवाले न्यायलय भित्रको विकृति छ भन्ने बाहिर ल्याएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top