नेपाल, भारत र चीन जोड्ने छोटो दूरी किमाथांका जोडिन १४ किलोमिटर बाँकी

नेपाल, भारत र चीन जोड्ने छोटो दूरी किमाथांका जोडिन १४ किलोमिटर बाँकी

विराटनगर : बहुप्रतिक्षित जोगबनी–किमथांका सडक जोडिन अब १४ किलोमिटर मात्रै बाँकी छ। नेपाल भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरी मानिएको सो सडक खण्डको १४ किलोमिटर ट्रयाक खुलिसकेपछि तीन देशबीच व्यापारिक कारोबारमा सहजता आउनेछ।,यो खबर आजको कारोबार दैनिकमा छ ।

चीनसँग सीमा जोडिएका अधिकांश नाका हिउँ पर्ने मौसममा सञ्चालनमा आउँदैनन् तर यो सबैभन्दा छोटो यो नाका बाह्रै महिना सञ्चालनमा आउनेछ। उत्तर–दक्षिण कोशी सडक योजना खाँदबारीका अनुसार अत्यन्तै भीर र चट्टान भएका कारण १४ किलोमिटर ट्रयाक खोल्न कठिनाइ देखिएको छ। अधिकांश ठाउँमा विस्फोट गरेर मात्र ट्रयाक खोल्न सकिन्छ।

विस्फोट गराउन बंकरका लागि ठेक्का प्रक्रिया अघि बढेको योजनाका इन्जिनियर अजयकुमार साहले बताए। बंकरका लागि ठेक्का आह्वान भइसकेको छ। तीन महिनामा बंकर बनाइसक्ने र त्यसपछि ट्रयाक खोल्ने काम अघि बढ्ने उनले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.