दलित समुदायभित्रै चल्दैन पानी, जातैपिच्छे कुवा !

कैलाली : गोदावरी नगरपालिकाको ओलानी क्षेत्रका शङ्कर नेपाली (दमाई) को घरमा वैवाहिक कार्यक्रम थियो। त्यही क्रममा पानी अभाव भएपछि शंकरले नजिकैको इनारबाट पानी भर्न खोजे। तर तल्लो जातिले आफ्नो इनार छोएको भन्दै विश्वकर्मा थरका केही व्यक्तिले हातपात गरे।,याे समाचार कान्तिपुर दैनिकमा छ।

ओलानी क्षेत्रमा पर्ने १०, ११ र १२ वडाको कुनै न कुनै टोल बस्तीमा अर्को जातिले कुवाबाट पानी झिकेको विषयमा दिनहुँ झगडा भइरहन्छन्। यी तीन वडामा सुदूरका पहाडी जिल्लाबाट बसाइँसराइ गरी आएकामध्ये दलित समुदायको बाहुल्यता छ।

वडा ११ का अध्यक्ष शिबहादुर विकका अनुसार वडाको बांगेसाल बस्तीमा दलित परिवारका डेढ दर्जन घरधुरी छन्। यो बस्तीका बिक र दमाई जातिले खानेपानीका लागि फरकफरक कुवाको प्रयोग गर्छन्। दमाईले विकको इनार र विकले दमाईको इनारमा पानी भर्दैनन्। विकले आफूलाई दमाईभन्दा माथिल्लो जातिको ठान्छन् र उनीहरूलाई आफ्नो इनार प्रयोग गर्न दिँदैनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top