सक्रियता बढाउदै ज्ञानेन्द्र, मध्य र पूर्वी तराई भ्रमणको मिति तय

काठमाडौं : पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जानुहुने भएको छ । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लाग्नुभएको हो ।

माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड शसस्त्रका डिएसपी शिव राउत सहित पूर्व राजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ । सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ । उहाँ सिमराबाट पूर्वी तराईको भ्रमण गर्नुहुने भएको छ ।

पुर्व राजाको सुरक्षा सहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ । निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रवन्ध गर्ने भएको छ । पूर्व राजाको साथमा निजी सहयोगी भान्छे समेत सिमरा पुग्ने भएका छन । करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ।

Advertisement

दमक पुग्नु अघि तराईका विभिन्न जिल्लाका स्थानीयले स्वागत कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन् । अहिले सम्म यही २० गते दमक जाने कार्यक्रम तय भएको छ–स्रोतले भन्यो । सिमरा बसाइका क्रममा उहाले आफु निकट तीनवटै राप्रपाका नेतासंग भेट गर्ने कार्यक्रम रहेको छ । अहिले को–को संग भेट गर्ने भन्ने टुंगो लागेको छैन स्रोतले भन्यो –तर सिमरामा उच्च तहका राजनीतिक नेतासंग भेट्ने गरी योजना तय भएको छ ।,नेपाल समाचारपत्रमा  खबर छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top