काठमाडौं : स्विस बैंकमा व्यवसायी घरानाले पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई सचेत गराएको छ । कार्यालयले अनुसन्धान गर्न निर्देशन दिएको हो ।,यो खबर आजको नागरिक पत्रिकामा छ।
प्रधानमन्त्री कार्यलयमातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको हो ।
विदेशी बैंकमा पैसा राखेको समाचार आएपछि प्रधानमन्त्री कार्यलयको ध्यानाकार्षण भएको र विभागलाई अनुसन्धानका लािग निर्देशन दिएको महाशाखाकाका उपसचिव लक्ष्मण खड्काले बताए । उनका अनुसार अनुसन्धानबाट प्राप्त रिर्पोटसमेत प्रधानमन्त्री कार्यालयलाई बुझाउन निर्देशन दिइएको छ ।
				
                                                    
                                                    






                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
