विराटनगर, माघ ९
चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट’ हुने भएको छ । उक्त कन्र्सट पूर्वको विभिन्न सहरमा हुने भएको छ । यो कन्र्सटमा द भ्वाइस अफ नेपालका बिजेता देखी फस्ट रनरअप र टपटेनमा पुगेका कलाकारहरूको साँगीतिक प्रस्तुती रहनेछ ।
पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा मोरङको पथरीमा यही माघ २५ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट हुने भएको छ । आयोजक समितिले मंलबार पत्रकार सम्मेलन गरि पथरीमा हुने लाइफ कन्र्सटको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।
पथरीपछि झापाको केर्खामा १६ गते, सुनसरीको धरानमा २१ र बिर्तामाडमा २३ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट हुने भएको पिल ल्याम्प इन्टरनेशनलका म्यानेजिङ्ग डाइरेक्टर अनुप योञ्जनले जानकारी दिए । सो कन्र्सटको मुख्य कलाकार द भ्वाइस अफ नेपालका बिजेता सी.डी. विजय अधिकारी, फस्ट रनरअप कुसल आचार्य, सप्तक दुतराज, श्रृजे थपलीयाको प्रस्तुती रहेनछ । त्यस्तै टप ८ मा पुगेका श्रेया राई, सुलेखा क्षेत्री, अनु शाक्य, बिवेक वाइवा लामा चेङवालगायतको सांगीतिक प्रस्तुती रहनेछ ।
‘पूर्वको सहरमा एकै ठाउँमा यतिका संख्यामा कलाकार ल्याएर सांगीतिक प्रस्तुती हुन लागेको छ,’ योञ्जनले भने, ‘लाइभ कन्र्सटको तयारीमा हामी जुटेका छौं । यहाँ हुन लागेको साँगीतिक कार्यक्रम भव्य र सभ्य हुनेछ ।’ उक्त लाइभ कन्र्सट समापन गर्न करिब १८ देखी २० लाख रुपैयाँ खर्च हुने पिस ल्याब इन्टरनेशनका अध्यक्ष प्रेमकुमार तामाङ्गले जानकारी दिए । पथरीमा हुने लाइफ कन्र्सटमा २० हजारभन्दा बढी दर्शकको प्रत्यक्ष सहभागि हुने आयोकजले अपेक्षा राखेको छ ।