६३ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा,बाँकी जिल्लामा ८० प्रतिशत काम सम्पन्न

११ माघ ७५, शुक्रबार
Share this
734shares

काठमाडौँ,माघ ११

Advertisement

सरकारले शुरु गरेको अभियानअन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर सोलुखुम्बु र दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।

Advertisement

विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने तराईको तुलनामा पहाडी तथा हिमाली जिल्लालाई चाँडो खुला दिसामुक्त क्षेत्र घोषणा भएको बताउछन् । ‘तराईका जिल्लामा बढी डुवान हुने, जग्गा कम हुने, गरीबी बढी भएकाले खुला दिसामुक्त घोषणा गर्न ढिलाई भएको हो’–उनी भन्छन् ।

अरु क्षेत्रको तुलनामा तराईका क्षेत्रमा खुला दिसामुक्त घोषणाको अभियान ढिला सञ्चालन भएको र काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर, सोलुखुम्बु र दोलखाका सबै क्षेत्रमा शौचालय निर्माण भए पनि घोषणा हुन बाँकी रहेको सूचना अधिकारी लामिछानको भनाइ छ ।

Advertisement

यस्तै, बाँकी जिल्ला ८० प्रतिशत काम सम्पन्न भइसकेको विभागले जनाएको छ । पछिल्लो समय वातावरणीय सरसफाइ र शौचालय निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सरकारले वि.सं २०६० को दशकदेखि शुरु गरेकोे उक्त कार्यक्रम अन्तर्गत वि.सं २०६८ मा चितवनलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top