डा. केसीको जिवन रक्षाका लागि इटहरीमा सामूहिक अनसन

डा. केसीको जिवन रक्षाका लागि इटहरीमा सामूहिक अनसन

इटहरी, माघ १२
असनरत डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग राख्दै सुनसरीको इटहरीमा युवाहरुले सामूहिक अनसन सुरु गरेका छन् । लिवरल सोसाइटीमा आवद्ध युवाहरुले डाक्टर केसीको अनसन जारी रहेको समयमा उनको स्वास्थ्यमा समस्या देखिन थालेको भन्दै जिवन रक्षाको माग राख्दै अनसन थालेका हुन् ।

सोसाइटका अध्यक्ष सुवेक्षुक देवान राईसहितका युवाहरुले इटहरीको रेयुकाई चौतारीमा २४ घण्टे अनसन सुरु गरेका हुन् । डा.केसीको १६औं अनसन जारी रहेको सन्र्दभ पारेर लिवरल सोसाईटीका १६ जना युवाहरु साथै अनसनको समर्थनमा अन्य थप केही युवाहरु पनि सामूहिक अनसनमा बसेका छन् ।

डा. केसीको जिवन रक्षा र उनका मागहरु सम्वोधनका लागि २४ घण्टे अनसन सुरु गरेको अनसनरत युवाहरुले वताएका छन । सोसाईटीका अध्यक्ष राईले आफुहरुको माग पुरा नगरिए थप अन्य रचनात्मक संघर्षका कार्यक्रम गर्ने जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.