११ हजार भोल्टको करेन्ट लागेर मृत्यू भएका सबैको सनाखत

१२ माघ ७५, शनिबार
Share this
764shares

धनुषा, माघ १२

Advertisement

धनुषाको सबैला नगरपालिकामा जन्ती बसमा ११ हजार भोल्टको करेन्ट लाग्दा मृत्यु भएका ६ जनाको शनाखत भएको छ । सबैला नगरपालिका–४ बाल्टियामा जन्ती बोकेर फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा हिजोसाँझ करेन्ट लागेको थियो ।

करेन्ट लागेर मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका–४ का ९ वर्षीय बालक आक्रोश कुँवर, २० वर्षीय पूजा अधिकारी, १६ वर्षीया लीला अधिकारी रहेका छन् । यसैगरी धनुषा सबैला नगरपालिका–४ की केशमदेवी कुँवर, अन्दाजी ९ वर्षका बालक सुरज अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

 

Advertisement

यस्तै गम्भीर घाइते दुधौली नगरपालिका वडा नम्बर ९ का रामबाबु अधिकारी दनुवारलाई अस्पताल र्पुयाएपछि चिकित्सकले मृत घोषित गरेका थिए । घटनामा जलेर घाइते भएकामध्ये केहीको अवस्था अझै पनि गम्भीर छ ।

घाइते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । घाइते १० जनामा तीन बालबालिका, पाँचजना पुरुष र दुई महिला रहेका छन् । बसका सहचालक उदयपुर कटारीका पवन परियार गम्भीर घाइते भएका छन् । हिजो साँझ करीब ६ बजेतिर उक्त घटना भएको थियो ।

करीब ३ मिनेटसम्म बसमा आगोको झिल्का देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । विवाह भएका बेहुला र बेहुली अर्कै गाडीमा रहेकाले उनीहरू भने सकुशल रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top