धुर्मुस र सुन्तली बने प्रदेश स्वास्थ्य अभियानको सद्भावना दुत

विराटनगर, माघ १३
प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन अभियान सञ्चालनका लागि कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई आज सद्भावना दुतमा नियुक्त गरेको छ ।

Advertisement

सवै उमेर वर्ग र समुदायका जनतामा स्वस्थ रहन अपनाउनुपर्ने उपायहरुको बारेमा स्वास्थ्य सञ्चारका वैज्ञानिक विधिहरु मार्फत ज्ञान, धारणा, व्यवहार परिर्वतन एवं जीवन शैली अवलम्वन गर्न अभिपे्ररित गर्ने उदेश्यले उनीहरुलाई सद्भावना दुतमा एक बर्षका लागि नियुक्त गरिएको हो सामाजिक विकास मंत्री जिवन घिमिरेले बताए ।

मन्त्रालयले व्यक्तिगत रुपमा पान गुट्खा लगायतका सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्ने, नियमित योग गर्ने, स्वस्थ र पौष्टिक खाना खाने, चर्पीको पहुँच र प्रयोगमा विस्तार हुने लगायतका प्रतिफल सद्भावना दुतबाट प्राप्त हुने अपेक्षा लिएको सामाजिक विकास मंत्रालयका निमित्त सचिव उपेन्द्र दाहालले बताए ।

Advertisement

सम्झौतापत्रमा निमित सचिव दाहार र सिताराम कट्टेलले हस्ताक्षर गरेका छन३ । सद्भावना दुत नियुक्तीका लागि विराटनगरमा आयोजित सम्झौता कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अभियान प्रभावकारी रुपमा एक वर्ष सञ्चालन हुने बताए ।

उनले स्वस्थ नागरिक निर्माण र प्रदेश निर्माण अभियानमा महत्वपूर्ण आधार निर्माण हुने बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले रोग लाग्न नदिने उपायको खोजीका लागि मन्त्रालय लागेको बताए । उनले मन्त्रालयले सरसफाईलाई उच्च प्राथमिकतामा राखेको काम गरिरहेको बताए ।

Advertisement

सद्भावना दुत सीताराम कट्टेल (धुर्मुस)ले स्वास्थ्य जीवन प्रवद्र्धनका लागि मन्त्रालयले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयले गत बैशाख १ गते स्वास्थ्य प्रर्वद्धन वर्ष घोषणा गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top